जन आकाश
काठमाडौं। सिजी ईलेक्ट्रोनिक्सले दशैं तिहार पर्वलाई लक्षित गरि विभिन्न किसिमका उपहार योजना बजारमा ल्याएको छ ।
सबै उपहार योजनाहरु उपभोक्ताले सिजीको आफ्नो आधिकारीक वेभसाईट www.cginspiringlife.com/category/festiveoffers/ बाट बुकिङगरि खरिद गर्ने भाग्यशालि ३ जना विजेताहरुलाई सिजीको माइक्रोवेभ वभन, भ्याकुम क्लिनर र स्पिकर दिने योजना ल्याएको हो।
उक्त योजना अन्तर्गत २० देखि ४३ इन्च सम्मको टिभीको खरिदमा ३० प्रतिशतसम्मको नगद छुट र सो भन्दा माथि टिभीको खरिदमा नगद छुट साथै सिजीकै अकर्षक स्पिकर प्राप्त गर्न सक्नुहुनेछ । साईड बाई साईट र मल्टी डोर रेफ्रीजेरेटरको खरिदमा पिजन ब्राण्डको मिक्चर र आकर्षक नगद छुट पाउनुहुनेछ साथै डलबडोर रेफ्रीजेरेटरमा सिजीको प्रेसरकुकर र सिंग्लडोर रेफ्रीजेरेटरमा आकर्षक नगद छुट पाउनुहुनेछ ।
सिजीले एसि निशुल्क जडानको व्यवस्था गरेको छ । फ्रन्टलोड वासिङमेसिनमा मिक्चर, टपलोड र सेमिअटोमेटिक वासिङ मेसिनमा सि.जी.को आईरन, माइक्रोवेभ ओभनमा कुकिङ किट र चेस्ट फ्रिजर तथा शोकेस र स्पिकरहरुको खरिदमा आकर्षक नगद छुटको ब्यवस्था गरेको छ ।
आज जारी गरिएको बिज्ञप्तिमा उक्त कुरा उल्लेख छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend