logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रिलेबलिङ गर्ने सानो माछा बलयकोटी पक्राउ हदैसम्म कारबाही गर्नुपर्छ प्रजिअ दाहाल


  • जन आकाश
  • बिहिबार, असोज २९ २०७७

काठमाडौं । बालबालिकाको स्वास्थ्यमा खेलवाड गर्दै म्याद नाघेको खाद्यवस्तु पुनः रिलेबलिङ (नयाँमिति टाँस्ने ) काम गर्ने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।



फरार रहेका धादिङ घर भएका शंकर बलयकोटी पक्राउ गरेका हुन् । अखाद्य भइसकेको वस्तुलाई पनि पुनः नयाँ मिति टाँस गरेर उपभोक्ताको स्वास्थ्यमाथि खलेवाड गर्दै विशाल ग्रुपमार्फत आयात हुने चकलेट, बिस्कुट, आलु चिप्सजस्ता बालबालिकाका लागि प्रिय वस्तु म्याद सकिए पनि बजारमा छ्यापछ्यापती पाइने गरेका छन् ।

विशाल गु्रपकै मिलेमतोमा गैरकानुनी रुपमा अखाद्यवस्तु बजारमा पठाउने गरेको पक्राउ परेका आयन इन्टरनेश्नल र एमेजन डिस्ट्रिब्युटर्स नामक वितरक समूहका प्रमुख बताउने रोनक ब्रोथ्राले स्वीकार गरेको बताइएको छ । रोनक ब्रोथ्राका अनुसार उनले दुई वर्षदेखि रिलेबलिङ गर्ने काम गर्दै आएका हुन् ।

अवैध काम गरेको प्रमाणसहित महानगरीय अपराध महाशाखाले कालोबजारीअन्तर्गत मुद्दा चलाउन नमिल्ने कानुनी अडचनका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरेर संयुक्त कारबाही चलाइएको थियो । म्याद सकिएको खाद्यवस्तुमा पुनः उपभोग्य मिति राख्दै गरेको अवस्थामा एक थान मेशिनसहित संयुक्त टोलीले ८ जनालाई रंगेहात पक्राउ गरेको थियो ।

पक्राउ परेकामा आयन इन्टरनेसनल र एमेजन डिस्ट्रिब्युटर्स नामक वितरक समूहका प्रमुख बताउने रोनक ब्रोथ्रालाई थुनिएको छ । आठ जनामध्ये सात जनालाई छोडिसकिएको छ । उनीहरुलाई वाणिज्य विभागले सामान्य तारेखमा रिहा गरेको हो । बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने खाद्यवस्तुमा खेलबाड गरेको पाइएपछि विभागले रोनक ब्रोथ्रालाई म्याद थपेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । अनुसन्धानको क्रममा सोमबार शंकर बयलकाटी पनि पक्राउ परेका छन् ।
नेपाल समाचारपत्रबाट ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend