logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भक्तपुर इन्काउन्टर नियन्त्रणमा लिएर प्रहरीले गोली हानेको मानव अधिार आयोगको ठहर

मानव अधिकारको गम्भिर उल्लंघन गरेको निष्कर्ष


  • जन आकाश
  • शुक्रबार, असोज ३० २०७७

काठमाडौं । मानव अधिकार आयोगले भक्तपुर इन्काउन्टर प्रकरणमा नेपाल प्रहरीलाई दोषी ठहर्‍याएको छ । आयोगको बुधबार बसेको बैठकले तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका अधिकृतलाई दोष देखाउँदै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।



आयोगका एक अधिकारीका अनुसार बैठकले महाशाखाका एक जना प्रहरी उपरीक्षक एसपी प्रहरी नायब उपरीक्षक डीएसपी सहित ६ जनालाई कारबाही गर्नुपर्ने भनेको छ । आयोगले त्यसवेलाको वस्तुस्थिति र प्रमाणले भक्तपुर इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङको हत्या भएको निष्कर्ष निकालेको उनले बताए ।
प्रहरीले २१ साउन २०७५ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न दुई जनामाथि गोली हानेको थियो । तत्कालीन महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भक्तपुरको डोलेश्वर जंगलमा दोहोरो भिडन्त भएपछि दुई जना अभियुक्त मारिएको प्रतिक्रिया दिएका थिए ।

तर, आयोगको छानविनले तमाङद्वयलाई घरबाट पक्राउ गरेर जंगलमा लगेर हत्या गरिएको पाइएको भनेको छ । यसबाट मानव अधिकारको गम्भिर उल्लंघन भएको बताउँदै कारबाही गर्न भनेको छ ।

यसअघि आयोगले विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टरमा पनि प्रहरीलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ । तर, प्रकरणमा संलग्न प्रहरी अधिकृतमाथि हालसम्म कारबाही प्रक्रिया अघि बढेको छैन ।

नेपालमा पनि इन्काउन्टरको मनोबल प्रहरीमा बढ्दै जानु नेपालमा कानुनी राज्य नभएको आभास हुन थालेको सन्र्दभमा मानव अधिकारवादीहरुको यो प्रतिवेदनले दिएको आधारमा मानव अधिकार उल्लघन गर्ने जो कसैलाई कारवाहीको दायारामा ल्याउनु पर्ने देखिन्छ । तव मात्र ईन्काउन्टर प्रतिको मनोबल कम भएर जाला नभए जो कसैलाई प्रहरीले दोरोहो भिडन्तमा भन्दै मार्न बेर र्छैन । पञ्चायतकालमा समेत नभएका घटना गणतान्त्रिक ब्यवस्थामा मानवको रक्षा हुन नसक्दा प्रश्न उठ्न थालिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend