जन आकाश
केदार फुयाल केन्द्रीय सदस्य राप्रपा
नेपालको राजनीतिमा परिचित नाम हो उहाले अनेरास्वियुु पाचौवाट राजनीति यात्रा शुरु गर्नुभएको हो उहाकै भनाई अनुसार फुयालले २०४६ सालमा त अनेरास्वियु पाचौको क्षेत्रिय अध्यक्ष भई काम गर्नुभएको थियो रे त्यो राजनीति सँगसँगै रेडक्रस सोसाईटीको पनि क्षेत्रिय अध्यक्ष भई काम गदै आएको र नेपालमा राजनीति परिवर्तन सँगै बिभिन्न राजनीति पार्टीहरुको स्थापना र खुल्ला प्रतिस्पर्धा हुन थालेपछि त्यतिवेला राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको कार्यक्रमले लोभ्यायो र त्यो संगठनको केन्द्रीय सदस्य भई काम गदै इमानदारिताको साथ पार्टी संगठनलाई पु¥याएको योगदानको कदर गदै २०६३ मा राप्रपा नेपालको महाधिवेशन प्रतिनिधि हुनको साथै युवक संगठनको निरन्तर केन्द्रीय सदस्य भई काम गर्ने अवसर प्रप्त गर्नुभयो । त्यसपछि टुटदै जुटडै आएको राप्रपाको रागले उहालाई पनि छोडेन र २०६६ मा राप्रपा समान्तर केन्द्रीय सदस्य हुनुभयो फेरी राप्रपा भित्रको अर्को आपासी लडाईले पुनः राप्रपावाट अलगिएर बनेको डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको एराप्रपा (राष्ट्रवादी )को केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला अध्यक्षको महत्वपुर्ण जिम्मेवारीमा रहनु भयो ।
हाल तिनैवटै राप्रपा एक भएर बनेको राप्रपाको केन्द्रीय सदस्य रहनु भएको छ । उहासँग यो अङकको लागि हामीले राप्रपा एकीकरणको बारेमा जान्ने कोशिस गरेका छौ ।
राप्रपा टुट्ने फट्ने गरिरहने गरेको छ । अहिले राप्रपा एक भएको छ । अहिले राप्रपा एक भएको अवरमा तपाइको धारणा राखिदिनुस न ?
अहिले राप्रपा एक हुनुको मुख्य कारण भनेको जनताको दवाव, पार्टी कार्यकर्ताको सुझाव, र देशको परिस्थितिले राप्रपाका नेताहरुलाई अव तपाईहरु एक अर्कामा लडेर बस्ने अवस्था छैन । देशमा महगी, भष्टचार, कालो बजारी, तस्करी , बलत्कार, सीमा अतिक्रमण हुन थालिसक्यो पहिला त बरु राजतन्त्रको पालामा भोक्कै कोहीपनि जनता मरेका थिएनान् अहिले गणतन्त्र भनेको ब्यवस्थामा धेरै मानिसहरु भोक्कै मर्न थालिसके त्यसले गर्दा पनि अवको एजेण्डा राजतन्त्र हुनुपर्छ भनेर हिजोको दिनमा राप्रपा भित्र कोही राजतन्त्र मान्ने पक्षधर कोही नमान्ने पक्षधर थिए त्यसैले गर्दा पार्टीेसमेत बिभिन्न चिरामा बिभाजन भयो त्यसको फाईदा बिदेशवाट सञ्चालित पार्टीहरुले लिए र देशलाई यो भडखालोमा पु¥याए यो सवै घटनावाट हामीले पाठ लिनुपर्छ भन्दै अध्यक्ष त्रयले पनि महसुस गर्नुभयो जनताले र कार्यकर्ताले पनि दवाव दियर पार्टीलाई एक ढिक्का बनाई बिदेशी चलखेललाई परास्त गर्नुपर्छ भन्ने निस्कर्षमा हामी पुग्यौ त्यसैको परिणाम हो पार्टीं एकीकरण अहिले हामी एक ढिक्का भएका छौ शक्तिसाली भएका छौ ।
माथि नै भन्नुभयो पशुति शम्सेर राणा समुहले गणतन्त्रलाई मान्ने ग¥यो कमल थापा राजतन्त्र हुनुपर्छ भन्थे डा. लोहनीको राष्ट्रवादी भन्दै आएका छन् तपाईहरुको बिचार एक भएर एक भएको होकी बिचारै नमिली एक भएको हो ?
बिचार मिलेर नै एक भएको हो । हाम्रा अध्यक्ष त्रयले महसुस गरिसक्नु भएको छ । हामीले टुटफुटको राजनीति गर्नले देश र जनतालाई ठुलो धक्का लाग्न गयो उहाहरुले अस्ति पार्टी एकीकरणकै दिनपछि धारण राख्ने क्रममा भनिसक्नु भएको छ । पशुपति सम्सेर राणा र डा प्रकाशचन्द्र लोहनीले गणतन्त्रको धार पकडनु भयो भनेर तपाईले भन्नुभए जस्तै हो । तर उहाहरुले महसुस गरिसक्नुभयो अव यो मुलुकमा गणतन्त्रको धार बोकेर देशलाई निकाश दिन सकिदैन भन्ने निस्कर्षमा उहाहरु पुग्नुभयो उहाहरुले पटक पटक भन्नु भएको छ । गणतन्त्रमा राष्ट्रपति एउटा पार्टीको मात्र भयो राष्ट्रको अविभावक हुन सकेन यो माटोको माया गर्ने राष्ट्रको अविभावकत्व शाहवंशीय संवैधानिक राजतन्त्रलाई नै गर्नुपर्ने रहेछ भन्ने निस्कर्षमा अध्यक्ष त्रय पुग्नु भएको हुनाले बिचारमा एकरुपता आएर नै पार्टी एक भएको हो ।
राप्रपाको पार्टी एकताले देशका सवै हाम्रा कार्यकर्ता सुभचिन्तक आम राष्ट्रवादी नागरिकहरुमा उत्साह थपिएको छ ।
राजतन्त्र पुनःस्थापना हुने सम्भावना कतिको देख्नुभएको छ तपाईले ?
बिलकुल एकदमै बिकल्पै छैन । यो मुलुकमा राजतन्त्र बिना बिकल्पै छैन ।
आधारहरु बुदागत भन्दिनुस न ?
बुदागत भन्दापनि अहिले वर्तवान अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको सरकार छ । अस्तिमात्र प्रधानमन्त्री ज्यूले मन्त्रीमण्डल गठन गर्नुभयो त्यहा तिनतीर फर्केका मुखले के संकेत गर्छ प्रचण्डको अकै कुरा छ । माधव नेपालको र्अर्काे कुरा छ । प्रधानमन्त्रीको अर्को कुरा छ । त्यसैगरी अन्तराष्ट्रियस्तरमा समेत अहिलेको गणतान्त्रिक ब्यवस्था प्रति सकरात्क बुझाई छैन । कतिपय देशहरुसँग कुटनीतिक सम्बन्ध बिग्रेको छ । पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नामै तोकेर बुढी गण्डकी जलबिधुत आयोजनामा ९ अर्ब भ्रष्टचार भयो कांगे्रस कम्युनिष्ट मिलेर खाए भन्नु भयो याहा कानुन खोई भ्रष्टचारीलाई करर्वाही गर्ने ठाउँमा आफ्नै आसेपासेलाई राजनीतिक नियुक्त गरेर राखेका छन् ।यिनिहरुलाई कस्ले कारर्वाही गर्ने र ? यी सवै कारणहरु हेर्दा राजतन्त्र नै यो गणतन्त्र ब्यवस्थाभन्दा अब्बल रहेछ भन्ने आम जनतामा लागेको हुनाले आधार भनेको नै जनता हो । जनताले राजतन्त्र ल्याउनु पर्छ भनेपछि राजतन्त्र सम्भव छ । आउछ ।
जनताले राजतन्त्र फर्किनुपर्छ भन्न थालेछन् तर राजतन्त्रको पक्षमा आवाज उठाउनेहरु के गदैछन् बताईदिनुस न ?
जनताको माग अनुसार नै हाम्रो राप्रपा एक भएका छौ हामी यसमा गौरववान्वित भएका छौ । पहिलो यो प्रगति हो । हिडनका लागि बाटो चाहिन्छ हामीले बाटो क्लिियर ग¥यौ । छिमेकी राष्ट्रहरुको दादागिरी पनि देखिएको हुनाले राष्ट्रवादी आन्दोलको तयारी पनि गर्नुपर्दा र बिश्वमा फैलिरहेको कोरोनको कारण बाहिर हाम्रो कार्यक्रम नदिेखिदा तपाईहरुले केही भएको छैन भनेर सोच्नु स्वभाविक हो । तर धेरै काम भएका छन् आन्तरिक तयारीहरु गदै छौ । जनताको जनवलमा धेरै काम हुदै आएका छन् समय र परिस्थिति सँगसँगै हामी पनि हिड्नुपर्ने बाध्यताहरु छन् । संगठन भरखरै एकता भएको हुनाले संगठन समायोजनको काम पनि तिब्र गतिमा अगाडी बढेको छ । यो काम सकिने बित्तिक्कै हामी एउटा प्रक्रियमा जान्छौ ।
समायोजन तिब्र गतिमा भईरहेको कुरा गर्नुभयो अहिले सम्म कतिवटा जिल्लामा समायोजन भईसक्यो । बताइदिनुस् न ?
स्थानीय तहहरुमा धेरै ठाउहरुमा भइनै सक्यो । जिल्ला समितिहरुमा मलाई जानकारीमा आए अनुसार २७ वटा जिल्लामा समायोजन भइ नै सक्यो बाकी जिल्लाहरुमा पनि छिट्टै समायोजन हुन्छ । यो नेपालीहरुको महान चाड बिजयाँ दशमी, तिहार ,नेपाल सम्वत र छठको लगतै हामी त्यो काम गरिसक्ने तयारीमा छौ ।
तपाई नै जिल्ला अध्यक्ष रहेको काठमाडौमा समायोजनको काम सम्पन्न भएको छैन । यो कहिले सम्पन्न हुन्छ ?
म संयुक्त राप्रपाको अध्यक्ष रहेको काठमाडौ जिल्लामा नवराज सिंखडा राप्रपा नेपालको अध्यक्ष रहनु भएको छ । उहासँग बारमवार छलफल भइ नै रहेको छ । एउटा बिकल्प सहित हामी चाडै काठमाडौको महत्व बोकेको जिल्लालाई पनि निकाश दिन्छौ ।
तत्कालै राजतन्त्रको पक्षमा आन्दोलन गर्ने राप्रपाको कुनै कार्यक्रम छ ?
पत्रकार मित्र तपाईलाई पनि थाहा छ । बिश्वभरी नै महामारीको रुपमा फैलिएको कोभिड (१९)ले हाम्रो देशपनि अछुतो रहन सकेको छैन । यस कारणले जनतालाई रोग, भोक र सोकको पीडाले छटपटाईरहेको बेलामा आन्दोलनमा गईहाल्ने अवस्था छैन ।यस अवस्थाम पनि तयारी भने छ । यसको बाबजुद पहिलो प्रथामिकता हाम्रो जनतालाई कसरी रोग, भोक, र सोकवाट उठाउने भन्ने छ । त्यो सँगसँगै जनतालाई साथमा लिएर हामी जानुछ । जनताको हित नै हाम्रो हित हो । राजतन्त्र जनताले चाहेका छन् योजना हामीले बनाएका छौ । तयारी भने भइ नै रहेको छ ।
अन्तमा
पहिला त मलाई आफ्ना धारणाहरु राख्न दिनुभएकोमा जन आकाश मिडियालााई धन्यवाद दिदै नेपालीहरुको महान पर्व वडा दशैमा सावधानी पुर्वक पर्व मनाऔ सुरक्षित रहौ हसीखुशि मनाऔ भन्दै शुभकामना ब्यक्त गर्दछु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend