logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बाटो

कविता


  • जन आकाश
  • आइतबार, कार्तिक २ २०७७

बाटो : कविता
कति लामो बाटो कति छोटो कति भिरालो ।
कति उकालो कति ओरालो कति चौडा ।
अनेकरुपका बाटो छ्न यो सुनौलो परिबेशमा।
सहि बाटो वा गलत बाटो अध्यारो वा उज्यालो बाटो ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
जिबन बाटोमा बिताउछ्न कति मान्छे ।
बाटोमा नै सुत्ने बाटोमै जन्मिएको उदाहरण पनि छ्न।
कति सहि बाटोमा लागेर सफलताको शिखर चुम्छ्न।
कतिको गलत बाटो हिडाईले दुखद अन्तय हुन्छ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
सहरमा त मान्छे बाहेक गाडीको लागि पनि बाटो ।
गाउँमा मान्छे अनि पशुपन्छिको लागी बाटो ।
सुन्दर झिल्लीमिलि बाटा छन अनेकौं अनेक यहाँ ।
दोबाटो चैबाटो सातदोबाटो तीन घुम्ती बाटो।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
बाटोसगै हिड्ने मान्छेको जिबन कति सुन्दर ।
पहडै पहाड भएर सगरमाथा चड्दा होस।
पहाडबाट ओर्लेर तराई हुँदै लहहाउदो गर्मीमा होस।
उट हिड्ने मयुर दौडिने मरुभूमि वाला बाटोमा।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
जिबन डोर्‍याउने अनेकौं बाटा छ्न यहाँ ।
कति अप्ठ्यारा बाटो छिचोल्दै सुन्दर बाटो लाग्छ्न।
कति सुन्दर बाटो भुलेर वा जानी जानी अप्ठ्यारो बाटो लाग्छ्न।
कति बाटोले नै जिबन दिन्छन् कति बाटोले जीवन लिन्छन् ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
कति सुन्दर बाटो हिंड्न् खोज्दा खोज्दै बाटो बिराउछ्न।
कति फुल जस्तै सुन्दर जीवन बाटोमा नै हराउछ्न।
बाटो पनि प्रेरणाको स्रोत हो भन्ने धेरै छ्न।
बाटो बिनाको जीवन र जीवन बिनाको बाटो एकै हो।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
हामी हिड्ने बाटोमा काडा हुन्छ्न भन्न सकिन ।
तर अप्ठ्यारा गल्ती घुमाउरा बाटो भने छ्न।
कति चौडा बाटोमा हिंड्न् रुचाउँछन् ।
अन्तिम बाटो भनेको मृत्युले डोर्‍याउने दुखी बाटो हो।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
हामीले रोज्ने बाटोले गन्तव्य निर्धारण गर्छ जीवन।
प्रेरणादायी बाटो जानेकी पिडादाइ बाटो जाने हामीमा निर्भरता हुन्छ।
तर सबै जना चोकको बाटो गल्लीको बाटो लम्किन्छ्न।
अविरल यात्रामा हिड्ने यात्री नथाकि हिड्छ्न।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
कति बाटोमै ताली बजाउदै हिड्छ्न यो यात्रामा।
कति गाली सुनाउँदै हिडेको देख्छौ सर्बत्रमा।
तर गाली वा ताली जे सुनाए पनि यात्री त हुन।
मान्छेको अन्तिम बाटो भनेको आँट नै हो।



कबि
शान्तिदिप रेग्मी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend