जन आकाश
तिला लेकालिको गजल
गजल २०७६/०१/०९
ऊ फर्केर आई र भेटेर गई
फेरि आउने बाटाे मेटेर गई
पर्दैन जान त भनेकै थिएँ नि
सुनेकै कुराले रेटेर गई
म बैरी अरु ठिक त्यो हुने थिएन
मेरै दुस्मनलाई पो अँचेटेर गई
को सङ्गत गरी, खै उडि माथि माथि
फगत् आफ्नो तृष्णा समेटेर गई
म छु दुरदेश त्यहाँ छोरो छोरी
तिनीको भबिस्य घचेटेर गई???
तिला लेकाली
बेलबारी,मोरङ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend