logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एक्साइड ब्याट्रि नेपालमा रिटेलरहरुको पहिलो रोजाई

सिप्रदी ट्रेडिङ्गले थाल्यो बिक्री


  • जन आकाश
  • शुक्रबार, कार्तिक ७ २०७७

काठमाडौं । नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले बिजया दशमी २०७७ को अवसरमा आफ्ना च्यानल पार्टनरहरुलाई सिक्का एप मार्फत जम्मा भएको प्वाईन्ट बराबरको बिभिन्न उपहारहरु बितरण गरेको छ । उपहारहरु बितरण कार्यक्रम अन्तर्गत नेपालभरीका च्यानल पार्टनरहरुको रोजाइ अनुसार नगद, स्मार्टफोन र होम एप्लाइन्सेस लगाएतका सामानहरु बितरण गरिएको सिप्रदीले जनाएको छ ।



उक्त कार्यक्रममा एक्साइड ब्याट्रिज् नेपालका जनरल म्यानेजर सुरेश कुमार तिवारीले भन्नुभयो “ एक्साइड ब्याट्रि च्यानल पार्टनरहरु माझ सधै एक नम्बरमा रहन सफल भएको छ । यस संगै सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को पहलकदमीमा सिक्का एप लन्च गर्न पाउदा च्यानल पार्टनरहरु अत्यन्तै खुसी भएका छन् । सिक्का एपको बिशेषता भनेको च्यानल पार्टनरहरुले प्वाईन्टहरु जम्मा गर्न सक्नुहुनेछ वा आफ्नो रोजाइमा प्वाईन्ट अनुसार प्राप्त हुने नगद वा अन्य उपहारहरु प्राप्त गर्न सक्नेछन् ।”

एक्साइड ब्याट्रि नेपाली बजारमा एकदमै बिश्वसनिय र नम्बर एक ब्याट्रि हो । एक्साइड ब्याट्रि अटोमोटिभ, सोलार, घरायसी प्रयोग तथा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । एक्साइड ब्याट्रि यसको गुणस्तर, प्रोडक्ट पोर्टफोलियोका सहज उपलब्धताका कारण नेपाली बजारमा निरन्तर एक नम्बरमा रहन सफल भएको छ । सिप्रदी बिगत लामो समयदेखी ग्राहकको बिश्वास र बृहत व्यवसायिक नेटवर्कका कारण याहाँसम्म पुग्न सफल भएकोमा गर्व गर्दछ । भनि उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend