logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सन्जिब शाहिको कविता

छोरालाई चिठ्ठी


  • जन आकाश
  • आइतबार, कार्तिक ९ २०७७

छोरालाई चिठ्ठी
(सम्झनाको पाचौं पत्र)



आज हो कि हिजो हो
आज हो कि हिजो हो
त्यो घटना अनि पात्र दुरुस्त म जस्तै थ्यो
म गर्दैछु कुरा सम्बन्ध वाउ छोराको
दुरुस्त पनि किन नहुनु
दुरुस्त पनि किन नहुनु
आखिर त्यो पात्र पनि मेरै आकृतिको प्रतिबिम्ब न थ्यो

के तिमिलाई याद छैन र ??
मेरो यो ठूलो हातले तिम्रो त्यो सानो हात समाई बजार घुमाएको
अनि त्यो बजारमा टक्क अड्केर बाबा चकलेट भन्दा एक वचन नबोली लेक्टो किनिदिएको

कि भुल्यौ तिमिले यो पनि ??
तिमी सानो हुँदा स्कुल जान आनकानी गर्दा, ५ रुपैयाको हुर्रे चाउचाउ किनेर फकाउदै आफ्नै कांधमा बोकेर स्कुल गेट सम्म म आफैले पुर्‍याएको

कि तिमिलाई यो पनि याद छैन ??
जब हाम्रो घरमा चामलको एक दाना पनि थिएन, स्कुल पठाउदा खाने भात थिएन
त्यति बेला
हो त्यति नै बेला
ईटा ढुङ्गा बोकेर तिमिलाई भात खुवाएरै मात्र स्कुल पठाएको त पक्कै बिर्सेको छैनौ होला नि हैन ??

अनि छोरा वधाई छ तिमिलाई , तिमी पनि वाउ भएछौ

तिमी पनि त्यो सानो वालकको सानो सानो आँखा वाट सानो सानो आँसु को थोपा खसेको हेर्न सक्दैनौ रे आजभोली

त्यो सानो वालकको एकदम मधुर तोते बोलिले बा…..बा शब्द निस्किएको सुन्न लालहित हुन्छै रे तिमि आजभोली

त्यो सानो बालकको सानो घाँटी वाट अलिकती ठूलो स्वर को चिच्याहावट सुन्न पनि सक्दैनौ रे तिमी आजभोली

अनि बधाई छ छोरा तिमिलाई मेरो सबै सिको तिमिले सिकेछौ
मैले तिमिलाई गरेको हरेक स्याहार र स्नेह तिमिले दिन सिकेछौ
तर डर छ छोरा मलाई कि
कतै तिम्रो सबै सिको त तिम्रो छोराले दुरुस्तै सिक्दैन होला नि है ??

त्यो सानो हातले अलि ठूलो रुप लिएपछी बाबू भन्दै चाउरी परेको हातले टाउको मुसार्दा तिमिले झै छि मलाई यस्तो मन पर्दैन त भन्दैन होला नि है ??

अनि त्यही सानो प्राणले अलि ठूलो भएर थोरै धन कमाएसी तिनै धनको आडमा केही भि आई पि व्यक्तिसँग उहाँ मेरो पिता भनेर चिनाउन त घिनाउदैन होला नि है ??

फेरि,
तिमिले नै गरे जस्तो गरि त्यो वयस्क हातले तिम्रो चाउरी परेका वुड्यौली हात समातेर स्कुल पुर्‍याउन वाल्यकालमा मैले डोर्‍याएको झै तिमिले मलाई डोर्‍याएर पुर्‍याएको वृद्धाश्रम को ढोकामा तिमिलाई तिम्रा छोराले त पुर्‍याउदैन होला नि है ??
अनि
तिमिले पनि त्यो सानो हात देखि वयस्क हात सम्मलाई सम्झी तिम्रा ती चाउरी परिसकेका हात चलाउदै म जस्तै कुनै वृद्धाश्रमको एक कुनामा बसि यसरी नै सम्झनाको पत्र त पक्कै कोर्न पर्दैन होला नि है ? ?
अनि छोरा
तिम्रा छोराले पनि तिम्रो त्यो सानो हातको सम्झनामा लेखिएको चिठ्ठी भेट्दा कि त घर्रा को कुनै कुनामा वा च्यातेर मलखात्लामा त मिल्काउदैन नि हैरुरु
तर छोरा यो पाचौ सम्झनाको पत्र चै नपढी नमिल्काउनु है
र फेरि पनि
बधाई छ तिमिलाई तिमी बाउ भएको मा
बधाई छ तिमीलाई तिमि बाउ भएको मा

✍️ सन्जिब शाही

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend