जन आकाश
बिजया दशमी २०७७ सालको मुखमा आईपुगेको छ । यो पर्वको मुल्य मान्यता धार्मिक आस्था र महत्व लगायतलाई अनुसरण गर्दा कही कतै हानी नोक्सानी पुगेको देखिदैन । सवैतिर फाईदा र उत्सव खुसी, बिग्रेका सम्वन्ध समेत सुध्रेको हामीले पाउछौ । यो पर्वलाई यसैगरी सदभाव, एकता धार्मिक सहिष्णुताको रुपमा नै मनाउनु हामी सवै नेपालीहरुको हितमा हुन्छ । हुदै आएको छ ।
अर्को बिकृति पक्ष पनि छ । चाडबाडको नाममा हुने गरेको सुनिन्छ देखिन्छ । त्यस्तो घटनाहरु पछिल्ला बर्षहरुमा भईरहेका छन् । जस्तै जुवा, तास, कौडा खेल्ने, खेलाउने जाड, रक्सी खाने ख्वाउने, यो पर्वको छेका पारेर झै झगडा गर्ने पर्वको अवसर पारेर सामान बेच्ने केही ब्यापारीले अवसर यही हो कमाउनु पर्छ भन्ने गलत नियत राखेर अनाआवश्यक सामानको भाउमा काला बजारी गर्ने जस्ता कार्यहरु गर्ने मानिसहरुको प्रबृति बढेर गएको छ । यस्ता कार्यहरु नेपाली संस्कृतिको लागि राम्रा पक्ष होईनन् र हाम्रो संस्कार भित्र पदैनन् । यस्तो कार्य कोही कसैले नगरुण ।
हाम्रो संस्कार त सवैमा खुशी, शान्ति, एकता, भाई भातृत्व कायम गरी सवैमा सदभाव सहित सवै नेपालीको हित चिताउने रहेको छ । यो बर्ष त कोभिड (१९) ले नेपलीहरुमा पारेको प्रभाव तनाव घटाउन सभ्य भई आ–आफ्नो क्षेत्रवाट जा जे सकिन्छ मानवीय धर्म सम्झेर सहयोग गरी बिपत्तमा परेका जो कोही मानवहरुलाई उद्धार गर्नु हाम्रो कत्व्य बनेको छ । यस्ता महत्वपुर्ण मानवीय कार्यहरु गरेर असल नेपाली हुनुको कत्ब्य पुरा गर्न हामी पछि पर्नुहुदैन यो पनि मानवीय धर्म हो । आवसर हो । यो मानवीय कार्य गर्ने अवसर फेरी फेरी आउदैन मानवीय उद्धार सहयोग गरेर धर्म गरौं । दुर्गा भवानीले सवैको रक्षा गर्नेछन् ।
अर्कोपक्ष पर्वलाई पर्वकै रुपमा मनाउनु पर्दछ । अचेल बाहिरी देखावटी भडकिलो देखासेखी गरेर संस्कारको बिपरित गर्नेहरुको पनि संख्या केही मात्रमा भेटिन्छ । जस्तै रिन गरेर गरगहना खरिद गर्ने, महगो तत्ता कबडा खरिद गर्ने, अनाआवश्यक सवारी साधन खरिद गर्ने, बिलासिताका सजावटका सामान खरिद गर्ने तर सामाजिक संस्कारप्रति भने उनिहरुको अध्ययन भएको नहुने र बिस्तारै नेपाली सस्कारलाई समेत लोपउन्मुख तिर लैजान पे्ररित गर्ने खालका स्वभावहरु देखिन्छन् । यो कार्यलाई पनि नेपालीहरुले सुधारर्नु पर्ने छ । यस्ता भडकिलो र सामाजिक मुल्य मान्यतालाई बिभाजन गर्ने गरी देखासेखी गर्ने जस्ता प्रबृतिले हाम्रो संस्कार, नेपाली सभ्यता र मर्मलाई समेत आच पु¥याउन सक्छ । यस्तो दिर्धकालीन असर पर्ने कार्यलाई रोक्न, भएका गल्तिलाई सुधारर्न र आउदा दिनमा असल तरिकाले सम्य भई स्वाभिमानी ढंङगले सद्भाव सहकार्य एकताको रुपमा महान चाड दशैलाई मनाउन सके नेपाली समाज नेपाल राष्ट्रलाई एकताबद्ध बनाई नेपाली संस्कारको संबर्धन,संक्षण र जर्गेना गर्न सकिने छ ।
हामी सवैको दुर्गा भवानीले रक्षा गरुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend