जन आकाश
काठमाडौ । राष्ट्रिय सुसेली मञ्च नेपालले २०७७ कार्तिक ८ गते शनिबार तेस्रो अनलाइन सुसेली गायन तथा बडादशै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सुसेली मञ्चका संस्थापक तथा सुसेली विधाका प्रतिपादक दुर्गा अधिकारी भमरकोटे सुसेलीको संयोजनमा भएको उक्त कार्यक्रमको सभापतित्व कवि साहित्यकार, समिक्षक तथा पुर्व सहायक रथी तेजप्रकाश बानियाँले गर्नु भएको थियोे भने कार्यक्रमका विशिष्ट अतिथिहरूमा डा. विदुर चालिसे, डा. बमबहादुर थापा जिताली र डा. शैलेन्दुप्रकाश नेपाल, रहनु भएको थियो ।
बडादशै २०७७ को शुभकामना आदानप्रदान बाट सुरु भएको सुसेली गायन कार्यक्रममा सरिक ५० जना कवि साहित्यकारहरू मध्य ३५ जना कविहरूले नेपाली लोकलय र भजनका लयमा सुसेलीहरू विभिन्न भावमा रचना गरि गाउनु भएको थियो ।
समसामयिक, राजनैतिक व्यङ्ग्य, देशप्रेम, मायाप्रेम लगायत सुसेली दोहोरीमा चाडपर्वमा दिदीभाइको सम्बन्धका विषयमा सुसेलीहरू प्रस्तुत भएका थिए । कार्यक्रममा प्रस्तुत सुसेलीहरूको समीक्षा साहित्यकार दामोदर ढकालले गर्नु भएको थियो ।
भमरकोटे स्वयंले उदघोषण तथा संचालन गर्नुभएको सो कार्यक्रममा सुसेली विधाका बिषयमा प्रश्नोतर तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि डा. विदुर चालिसेले सुसेली विधालाई अरू विधा भन्दा फरक कसरी देखाउन सकिन्छ र सुसेलीको आफ्नै परिभाषा र सिद्धान्त स्पष्ट हुनुपर्ने प्रश्नका साथै यो हाम्रो नेपालको विभिन्न क्षेत्रमा गाउदै आइएका भाकामा गाउन मिल्दो लय प्रधान विधा हो । यो सुसेली विधामा शिर्षक राखेर सुसेलीहरू काव्यात्मक तवरले लेख्न सकिने देखिएको कुरा राख्नुका साथै सुसेली विधालाई कसरी परिस्कृत , मौलिक र स्तरीय वनाउन सकिन्छ भन्ने विषयमा सुझावहरू दिदैं शुभकामना व्यक्त गर्नुभएको थियो ।
यसैगरी अर्का विशिष्ट अतिथि डा. बमबहादुर थापा जितालीले हाम्रो लयात्मक लोकभाका पौराणिक तथा ऐतिहासिक रहेको र अन्य त्रिपदीय कविता भन्दा पुरानो भएको कुरा उहाँको २०६४ सालमा प्रकाशित कृति द्वारा प्रमाणित भैसकेको जिकिर गर्नुका साथै सुसेलीले हाम्रो आफ्नै मौलिक नाम पाएकोमा खुसी व्यक्त गर्दै बधाई तथा शुभकामना दिनुभयो ।
यस्तै अर्का विशिष्ट अतिथि डा. शैलेन्दुप्रकाश नेपालले सुसेली हाम्रो आफ्नो पन बोकेको विधा हो । सुसेलीको पक्षमा आफू जहिले पनि उभिने दृढता व्यक्त गर्नुभयो । भविष्यमा सुसेलीका उपविधाहरू पनि समावेश गर्दै अगाडि बढ्नुपर्ने उहाँको सुझाव थियो । अनुप्रास युक्त हुदैमा पनि सुसेली पुर्ण हुदैन, सुसेली भित्र आवश्यक काव्यरस भएमा अझै सशक्त कविता बन्नेछ भन्दै उहाँले सुसेली परिवारलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
भमरकोटको माटो सुसेली सर्जक तथा स्रष्टाहरूको लागि तीर्थस्थल रहेको र भमरकोटको माटो घरमा ल्याएर फूलको बोट रोप्ने प्रतिबद्धता सहित समिक्षा सुरु गर्नुभएका दामोदर ढकालले सबै सुसेलीहरू दशै विशेष भएका र गायक तथा वाचकहरूले उत्कृष्ट प्रस्तुति दिनुभएको समिक्षा गर्नुभएको थियो । सुसेली वाचन भन्दा लयमा गाउन सजिलो र राम्रो हुने कुरा सबैलाई सुझाव दिदै देश भित्रका हरेक क्षेत्रमा गाइने लोकलयमा सुसेली गाउन सकिने उहाँको राय थियो ।
सुसेली के कसरी लेख्दा सजिलो र मीठो लयको बन्न सक्छ भनि बिस्तारमा व्याख्या गर्दै उदाहरणहरू प्रस्तुत गर्नुका साथै हाम्रो ऐतिहासिक ग्रन्थ वेदमा समेत त्रिपदी कविता तथा छन्दको कुरा रहेको स्मरण गराउदै सभाका सभापति तेजप्रकाश बानियाँले जय सुसेलीको नारा सहित सभा विसर्जन गर्नु भएको थियोे । रचना गर्न सजिलो सजिलैसँग लोकभाकामा गाउन मिल्ने हाम्रो ऐतिहासिक तथा पौराणिक त्रिपदीय लोकलयको सुसेली हरेक नेपालीले रचना गर्न जान्नु र गाउन सक्नुपर्छ । यो हाम्रो मौलिक तथा पौराणिक सम्पत्तिको हामी सबैले जगेर्ना गर्नुपर्ने सुझाव सहित अबको १५ दिन पछि कार्तिक २२ गते शनिबार दिनको १ बजे सुसेली गाएनको चौथो अनलाइन कार्यक्रम गर्ने निर्णय सहित सबैजना विदा हुनु भएको थियो ।
कार्यक्रममा सहभागी कवि साहित्यकारहरू निम्न अनुसार हुनुहुन्छ । कवि तीला लेकाली, विजयध्वज थापा, रुद्र अधिकारी, लक्ष्मीप्रसाद मिश्र, तारा केसी, विमला घिमिरे, रीता थपलिया, धरणीधर गुरागाई, तोयनाथ सुवेदी, जानुका थापा रायमाझी, रवीन्द्र आशिष शैली, कल्पना देवकोटा, वासुदेव ठकुरी, चन्द्रा न्यौपाने, उत्तम बिचार भेटुवाल, पुर्णदेवी न्यौपाने, चन्द्रावती अधिकारी, चन्द्रा न्यौपाने, प्रकाश घायल, सुशीला ढकाल अधिकारी, विमला अधिकारी, रामप्रसाद चापागाईं,जगन्नाथ अधिकारी, सुमन मिजार, मानन्धर सौभाग्यशाली, ओम रानाभाट, पुष्कर राज रेग्मी, सीता विष्ट कार्की, शान्ति सापकोटा, निबन्ध आचार्य, टेकबहादुर लौंडारी लगाएतका कवि साहित्यकारहरूको सहभागीता रहेको थियो ।
सुसेलिलाइ जन आकाश रास्टिय साप्ताहिक तथा जन आकाश मिडियाको पुर्ण साथ रहदै आएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend