जन आकाश
नेपालीहरुको महान चाड बिजया दशमी भरखरै सकिएको छ । यो पर्वको अवसरमा कोरोनको त्रासमा पनि खुशियाली, सदभाव, माया ममताका साथ सवैले मनाएका छन् । बिगत बर्षभन्दा यो बर्ष त्यति किनमेल तडक भडक खासै नेपालीहरुले गरेनन् । बजार पनि त्यति चलायनमान भएको देखिएन ।
दशै सँगसँगै तिहार अर्थात शुभ दीपावली नजिकै आईपुगेको छ । नेपाल सम्बद, छठ पनि सँगसँगै आएका छन् । यो समयमा बिस्तारै उठ्न लागेको अर्थतन्त्र नेपालीहरुको दोस्रो ठुलो चाडपर्वहरुले भरथेग गर्न सक्छ । यो अवसरमा मौकाको गलत फाईदा उठाउन खोज्नेहरु पनि हुन्छन् बिगतमा त्यस्ता ब्यापारको नाममा सडेका सामानहरु बेच्ने, बजारमा तोकेको मुल्यभन्दा अनाधिकृत ढंङगवाट भाउ बढाएर बेच्ने ब्यापरीहरु पनि देखिएका थिए र तिनलाई ग्रहकको अनुरोधमा प्रहरीले पक्राउ गरेर कानुनी कारवाही गरेको थियो ।
यो बर्षपनि त्यस्ता गलत नियत राखेका ब्यापारी नहोलान् भन्न सकिदैन । तैपनि समयमा नै सवै आ–आफ्नो क्षेत्रवाट जिम्मेवार बनेर त्यस्ता कुकार्य गर्नुहुदैन भन्ने चेत सवैमा आउनुपर्छ बिशेष गरेर नेपालीहरुको खुशियाली पर्वमा यो हाम्रो महत्वपुर्ण पर्व हो यो पर्वमा कुकार्य कसैले गर्नु हुदैन भन्ने भावना आफैमा आउनुपर्छ जसले गर्दा आफैको हित हुन्छ ।
अर्कोतर्फ बजारमा असल नियत भएका मानिस नै धेरै हुन्छन् कुनै कोही कतै कतै कुकर्म गर्ने हुन्छन् त्यस्ताहरुलाई नियन्त्रण गर्न जिम्मेवार निकाय चनाखो हुन जरुरी छ ।
मात्र औपचारिक पुरा गरेको जस्तो देखिने गरी बिगतमा काम गर्ने अनुगमन टोलीले अर्को पक्षपात रुपमा गर्ने अनुगमन पनि नेपाली ब्यवसाय क्षेत्रमा आलोचित बन्दै आएको छ । यस्ता कमजोरीलाई समेत हटाएर जिम्मेवार निकायले न्यायको आधारमा सवैलाई एउटै नजरले निष्पक्ष भएर काम गर्ने सुबुद्धि सम्बन्धित निकायमा आउनुपर्छ । त्यसो भयो भने मात्र नेपालीहरुको महान पर्वहरुमा हुने ठगी कालाबजारी रोक्न सकिन्छ । गुणस्तर उपभोग्य बस्तु उपभोक्ताले सरल मुल्यमा प्रप्त गर्छन र नेपाली हुनमा गर्व गर्छन् । यतिको जिम्मेवार समाज बनाउने अभ्यास गर्ने समय पनि हो । यो अवसर बर्षमा एकपटक सम्बन्धित निकायमा रहेका जिम्मेवार पदाधिकारीहरुलाई आउछ । यस्तो अवसरलाई सदुपयोग गरेर जनमुखी बनाउनु बुद्धिमानी हुन्छ । जिम्मेवार निकायले जिम्मेवार भएर सोचुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend