logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

माउन्ट एभरेस्ट वाइनद्वारा पृन्ससेसवाइन सार्वजनिक


  • जन आकाश
  • बुधबार, कार्तिक १९ २०७७

काठमाडौ । नेपालमा नै किवि फलवाट उत्पादित  पृन्ससेस वाइनको दोस्रो कार्यक्रम गरि आज सार्वजनिक भएको छ।
धनकुटामा कारखाना रहेको माउन्ट एभरेस्ट प्रोडकशनले काठमाडौको तिनकुनेस्थित सिद्धाथ कटेज एन्ड रेस्टुरेन्टमा  पत्रकार भेटघाट गरि पत्रकार माझ सार्वजनिक गरेको हो ।



मदिरा उत्पाक ब्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले उक्त उत्पादनको बिर्को खोलेर मदिरा उत्पाक ब्यवसायी महासंघकै केन्द्रीय आदस्य सालिकराम कडेललाई गिलासमा चेस गरेर उदघाटन गर्नुभएको थियोे ।

एभरेस्ट माउन्ट प्रोडक्शनका प्रबन्धक निर्देशक बिस्नु बास्तोलाले उत्पादन र बजारको बारेमा जानकारी र पत्रकारहरुको प्रश्नको उत्तर दिनुभएको थियो।

कार्यक्रमको सन्चालन कम्पनीकै मिडिया सम्पर्क प्रमुख  भुपाल ढकालले गर्नुभएको थियो। आज नै एभरेस्ट प्रोडक्शनले मदिरा ब्यवसायी महासङ्गको केन्द्रीय कार्यलय बनिरहेको भवनलाइ एकलाख एघार हजार एकसय एघार रुपैया सहयोगको चेक मदिरा ब्यवसायी महासङका अध्यक्ष सोनाम शेर्पालाई एभरेस्ट प्रोडक्शनका प्रबन्धक बिस्नु बास्तोलाले हस्तान्तरण गर्नु भएको थियो।

नेपालमा एभरेस्ट प्रोडक्शन कम्पनी सहित १५ वाइन उत्पादन गर्ने उधोग पुगेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend