logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

तिहार विशेष १० सुसेलीहरु ( शुभकामना )


  • जन आकाश
  • आइतबार, कार्तिक २३ २०७७

तिला लेकालिको तिहार विशेष १० सुसेलीहरु
१.
काग तिहार
नपार दाजु लै लै
देश बिहार
२.
पटका गोली
तिहारमा बहिनी
रुँदैछे होली
३.
फूलेछ बेली
तिहारमा आईँन
नरोऊ चेली
४.
रोटीको फन्को
झिलिमिली तिहार
दाजुको झल्को
५.
सालको पात
सेल रोटी थालमा
बहिनी साथ
६.
दुना टपरी
तिहार आयो दाजु
आऊँ कसरी
७.
भैलिनी खेल्दै
रमाऊँ आऊ लै लै
दुख सुसेल्दै
८.
औँसीको दिन
टाढा माइती,भाइ
आएन लिन

कमेरो माटाे
बिस्तारै आउनू है
चिप्लो छ बाटो
१०.
बारिमा कोपी
दाजु हजुरलाई
ढाकाको टोपी



तिला लेकाली
बेलबारी,मोरङ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend