logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालमै मल कारखाना खोलौ

सम्पादकीय लेख


  • जन आकाश
  • सोमबार, कार्तिक २४ २०७७

कृषिप्रधान देश नेपाल जुन देशले एउटा मल कारखाना खोल्न सकेको छैन । आफ्नो नभएपछि अरुको घरको आस के भरोसा भने जस्तै नेपालले मुख्यवाली धानवलीमा मल हाल्ने बेला मल नपाएर मल बिनै धान फलेको छ समयमा मल हाल्न पाएको भए उत्पादन अलि बढी हुन्थयो । अहिलेसम्म मल डिएपी पोटाष नामक मल सहज आपुर्ति हुन सकेको छैन ।



धानमा मल हाल्न नपाउदा उब्जनीमा ह्रास आएको छ । त्यसैगरी गौमा मल हाल्ने मौषमसम्म पनि मल आपुर्ति सहज हुने छाटकाट देखिदैन । भन्ने बेलामा कृषि प्रधान देश किशानको लागि देशले ब्यवस्थापन गर्नुपर्ने न्युनतम जिम्मेवारी समेत पुरा नगर्दा कुषि प्रधान देशको साखः नै गिरेको छ । कृषि कम्पनी लिमिटेडले टेण्डर आवाहन गरेर प्रत्येक बर्ष मल आयात गदै आएको छ । गएको बर्ष पनि टेण्डर आवाहन गरेर मल ल्याउन ठेकेदार कम्पनीहरुलाई जिम्मा दिएको भएपनि तिनिहरुले समयमा मल उपलब्ध गराउन नसक्दा किशानहरु मर्कामा परेका हुन् । यो राष्ट्रको लागि नै क्षति पुगेको बिषय हो ।

यस्ता ठेकेदारहरुलाई कालो सुचिमा राखेर कुनैपनि ब्यवसाय गर्न नसक्ने गरी करवाही गरिनु प¥थ्यो तर उल्टै पहुच र पावरको दुरुपयोग गरेर तिनलाई संक्षण गरेको सुन्दा नेपाली किशानको मनमा कस्तो भावना उत्पन्न भयो होला यो सोचनीय बिषय हो । अहिले पनि बगलादेशसँग पैचोमा लिने भनिएको मल बगलादेशले किनेर लैजाउ भनेपछि किन्नलाई फेरी टेन्डर आवहन गर्नुपर्दा केही समय लाग्छ र गौ बालीमा मल हाल्ने बेलासम्म पनि मल आईपुग्छ भन्ने बिश्वसनीय आधार बनेको छैन ।

जाहा अभाव त्याहा तनाव भने जस्तै नेपालमा आफ्नै मल कारखाना खोलेर किशानलाई समयमा नै गुणस्तरयुक्त मल बितरण गरेर उत्पादन बढाउन सकिन्थ्यो यतापर्टी कसैको ध्यान गएको देखिदैन । प्रत्येक बर्ष मल आयात गर्दा कहिल्य भारतले बन्दरगाहमा रोकिदिदा समस्या हुने गरेको छ । कहिले भाउ बढेर समस्या हुने गरेको छ । यसरी अभावमा किशानहरुलाई प्रत्येक बर्ष तनाव हुने काम बन्द गर्न आफ्नै मल कारखाना खोल्नुको बिकल्प छैन ।
हिजोको दिनसम्म मल कारखाना खेल्न कसैको ध्यान नगएको भएपनि आजको दिनवाट ध्यान दिएर लगनशील भएर नेपालमा मल कारखाना खोलेर नेपाली किशानहरुलाई सर्व सुलभ मुल्यमा गुणस्तर मल उत्पादन गरी बितरण गर्नुपर्छ । यो काम गर्न यो वा त्यो वाहाना बनाएर पन्छीने होईन की समस्या आएभने समस्यासँग लडेर किशानको पक्षमा देशको पक्षमा काम गर्नु आजको बाध्यकारी आवश्यकता हो ।
यो काम सम्बन्धित निकायले गर्नुपर्छ ।
नेपालमा कृषि पेशाप्रति मानिसहरुको रुची घट्दै जानुमा किशानले बेला बेलामा यस्तै खालका मलको समस्या, बेर्नाको समस्या, बिउको समस्या, उत्पादन ग¥यो बजारको समस्या, लगानी गर्न बैकले दिने ऋण लिन जादाको झन्झट जस्ता समस्या ब्यहोर्नु परेका कारण पनि कृषि पेशाप्रति मानिसहरुको रुची घटेको हो । नेपालमा अथाह उर्बर भुमि रहेको छ । ति भुमिहरुलाई सही सदुपयोग गरेर कृषि पेशावाट पनि प्रगति सम्भव छ भन्ने बनाउन काही न काहीवाट शुरुवात गर्नुपर्छ नेपालमा मल कारखाना खोल्न कृषि मन्त्रालयसँग बजेट छैन भने नेपालका किशानलाई आवहान ग¥यौ भने किशानले नै त्यो बजेट जुटाईदिन सक्ने सामथ्य देखिन्छ । यदि सरकारले नै ऋण गरेरै भएपनि मल कारखाना खोलेको खण्डमा २ बर्षभित्रमा नै लगानी उठ्ने प्रक्षपणले देखाएको छ । यो काम नगरी सुकै छैन । सवैले साथ दिउ र मल कारखाना नेपालमै खोलौ । आत्मनिभर कृषि प्रणालीको बिकाश गरौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend