जन आकाश
एजेन्सीः अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले फराकिलो जित निकालेको छ ।
गएराति भएको खेलमा पोर्चुगलले एन्डोरालाई ७.० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप ५ गोल गर्दै सानदार जित निकालेको हो ।
आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
२९ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि पोर्चुगल पहिलो हाफमा २(० ले अघि रह्यो ।
खेलको ५६ औं मिनेटमा रेनाटो सान्चेसले गोल गर्दा पोर्चुगल ३(० ले अघि रह्यो ।
पाउलिन्होले ६१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगलको अग्रता ४(० को बन्यो ।
खेलको ७६ औं मिनेटमा एमिली गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगलले ५(० को अग्रता बनायो ।
८५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता ६(० को बनाए ।
त्यसपछि खेलको ८८औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई ७(० को जित दिलाए ।
यूईएफए नेसन्स लिग अघि पोर्चुगलले एन्डोरासँग मैत्रीपूर्ण खेल खेलेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend