logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुदै


  • जन आकाश
  • शुक्रबार, कार्तिक २८ २०७७

 



काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टोली झण्डै १ बर्षपछि मैदानमा फर्कदै छ ।

कोरोना भाइरसको महामारीपछि बंगलादेशसँग मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै नेपाल मैदान फर्कन लागेको हो ।

पछिल्लो समय १९ नोभेम्बर २०१९ मा कुवेतविरुद्ध फिफा विश्वकप छनोट अन्तर्गत भुटानमा घरेलु प्रतियोगिता खेलेपछि नेपाली टोली प्रतियोगिता र अभ्यास विहिन थियो ।

बंगलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल मध्ये पहिलो खेलमा नेपालले आज साँझ ५ बजे बंगलादेशको सामना गर्नेछ ।

मैत्रीपूर्ण खेल्न नेपालमा एक साता मात्र अभ्यास गरेर एक साता अघि बंगलादेश गएको टोली पर्याप्त तयारी बिना मैदान उत्रन लागेको छ ।

उता विपक्षी तथा घरेलु टोली बंगलादेश पनि कोरोनाको महामारीपछि नेपालविरुद्धको खेलबाट नै फुटबलमा फर्कन लागेको हो । यी दुबै टोली झण्डै १ बर्षपछि पहिलोपटक मैदान उत्रदैछन् भने २ बर्षपछि एक आपसमा भिड्दैछन् ।

अघिल्लो बर्षको नोभेम्बरदेखि नेपाल र बंगलादेश दुबै अन्तर्राष्ट्रिय प्रतियोगिता विहिन छन् भने दुबै टोली पछिल्लो पटक २०१८ को साफ च्याम्पियनसिपमा खेलेका थिए । नेपाल र बगलादेशको नतिजा दुवैको उस्तै उस्तै छ । बगलादेशको तुलनामा नेपाल केही हदसम्म फुटवलमा अब्बल मानिन्छ ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend