logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुडुला थुम्वाहरुको निम्ति!


  • जन आकाश
  • सोमबार, मंसिर १ २०७७

मुडुला थुम्वाहरुको निम्ति!



जुध, मुडुला थुम्वाहरु हाे,जुध !
तिम्रा सिङ् त उहिलै झरिसकेका हुन्,
अव नेपालराष्ट्रकै सिङ् फुकाल !!

क्या जुक्ति निकाल्यो बैरीले,
अलगअलग मन्त्रिई दुवै मुडुलालाई
परम् मित्र रहेको विश्वास दिलायो,
निधारमा होइन,अाँखामा पट्टी बाँधी
झगडाको अखाडामा ठेली पठायो !

जुध,मुडुला थुम्वाहरु हो, जुध !
अाफ्ना सिङ् त उहिलै फुकाल्यौ,
अव हैरान नेपालकै सिङ् फुकाल!!

-सी पी मैनाली,
मंशिर १, २०७७।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend