जन आकाश
मुक्तक १
कदम चाल्नुस् हरेकबार सफलतामा पुगिन्छ
र मान्दै नमान्नु होला हार सफलतामा पुगिन्छ
हेर्नुहोस् संघर्ष बिनाको गन्तव्य भन्नू मात्र नहो
मिहिनेत गर्नुस् लगातार सफलतामा पुगिन्छ
मुक्तक २
गुणगान गाउछन हजार बार त्यस्ता मान्छेले
अनि केके बोल्दिन्छन बेकार त्यस्ता मान्छेले
जस्ले ज्यान दिन्छु मुटु सुम्पिन्छु भन्ने गर्छ नि
हो अक्सर गर्दछन झुठो प्यार त्यस्ता मान्छेले
मुक्तक ३
जित कहिल्यै हुदैन सधै हार हुन्छ गरिबहरुको
र त दुस्खै दुस्खको मात्रै भार हुन्छ गरिबहरुको
हुनेखाने को पो न्यायाधीश हुन्छ सरकार हुन्छ
विडम्बना, न नेता न सरकार हुन्छ गरिबहरुको
मुक्तक ४
ज्यान दिन्छु ज्यान लिन्छु भन्छ प्रेमिकाको लागि
आईपर्दा सर्वस्व सुम्पिन्छु भन्छ प्रेमिकाको लागि
आमाको फाटो चोली सम्म फेर्न नसक्ने छोराले
सुनकै तिलहरी फेरिदिन्छु भन्छ प्रेमिकाको लागि
सुनिल खड्का
घोडाघोडी नगरपालिका ६
बसन्ता कैलाली
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend