logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तक


  • जन आकाश
  • मंगलबार, मंसिर २ २०७७

मुक्तक १
मुटु दिन्छु हत्केलामा लिएर त हेर
म संगसंगै एकचोटि जिएर त हेर
जिवनको परिभाषा तब बुझ्ने छौ
एक प्याला तिनपाने पिएर त हेर
मुक्तक २
प्रगती त गरुँ भन्छु तर धन भएन ।
मलाइ सहयोग गर्ने कुनै मन भएन ।
जहाँ जान्छु तगारो नै लाग्छ यसरि
जिवन संगै हिड्ने यौटा जन भएन ।
मुक्तक ३
मन्दिरमा दियो होइन ज्वाला जल्दैछ ।
मै हुँ भन्ने भ्रष्टाचारि हरु पनि गल्दैछ ।
पापले भरिएको भाडो कत्ती बोक्छौ सधै
सत्ताको तापले बूढो रुख जरैदेखि ढल्दैछ ।
मुक्तक ४
तिमीलाई पाए भने हजारौं जंघार तरौला ।
आरोप नलगाउ बरु बिष देउ म पिएर मरौला ।
मायांँ त मुटुले गर्ने हो बोलिले कहाँ हो र मूर्ख
धोका दिए देउ क्यै छैन म एक्लै संघर्ष गरौला ।
सबिना श्रेष्ठ
खोटाङ
हाल बिराटनगर



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend