logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तक


  • जन आकाश
  • मंगलबार, मंसिर २ २०७७

मुक्तक १
जीवनको कथा व्यथा ,हिजो आज गर्दै केरियो।
हिउँ झैँ सफा मनमा पवित्रताको गुराँस फेरियो।
फूलसँगै लुकेको शीतको थोपा देखेर भावुक हुँदै
स्वाभिमानको साइनो हृदयमा निश्चल प्रेम बेरियो।



मुक्तक २
कहिले आफ्नैसँग दूर हुन्छ कहिले समीप हुन्छ।
सम्बन्धलाई मजबुत राख्न बोल्ने कला सीप हुन्छ।
नसोच्नु हाम्रो नाता धर्ती र चन्द्र झैँ हुने भो भनी
याद पनि अन्धकारमा बलेको चम्किलो दीप हुन्छ।

मुक्तक ३
सबैले भन्ने गर्छन् ुप्रेमु जीवनको अमित छाप हो।
म भन्ने गर्छु मन मस्तिष्क गलाउने ज्वलन्त राप हो ।
मगजको मोहनी बङग्याएर, चतुरताको झिलिमिली
मृदुल नसालाई वेदना दिने स्पर्श महापाप हो ।

मुक्तक ४
जब बगैंचाले हेर्छु भन्दा खुला आकाश निलो बन्छ
तब रङ्गीन पखेरुहरूको सन्देश दिव्य चम्किलो बन्छ
श्रद्धाको मोहनी,सत्यको झल्का, प्राकृत रेखा कुँदेझैँ
मधुर ध्वनिको कम्पनले मगज पनि स्वादिलो बन्छ।

दुर्गा सारु
चापाकोट(३
स्याङ्जा

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend