logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तक


  • जन आकाश
  • मंगलबार, मंसिर २ २०७७

मुक्तक १
लेखेर नाम तिम्रो मेरो मायाको मसीले
जीवन बाध्ने चाहा थियो सुनौलो कसीले
स्वार्थमा तिमी अन्तै बग्न थाले पछि प्रिय
किनारमै छुप्यो पीडा दर्शीएन कुनै दसीले



मुक्तक २
सत्कर्म नै धर्म हो अब सोही गर्ने समय ठानेर
एउटा अवसर बन्यो असल छर्ने समय ठानेर
खुसी हृदयले सधैं दुस्ख अभावमा साथ दिनुस्
निष्क्रिय स्थितिले अरुकै भर पर्ने समय ठानेर

मुक्तक ३
पशुपक्षी प्रति पनि सिकाइ प्रेम सद्भाव जगाउनलाई
पूजा आस्था विश्वासले संस्कृति संस्कार बचाउनलाई
फूल बत्तीको झिलिमिली खुशीसँगै आउँछ तिहार
चेली माइतीको सम्बन्ध विशेष सुमधुर बनाउनलाई

मुक्तक ४
न स्वार्थी छिन् न त आफ्नो ज्यानको डर बनाउछिन्
कष्ट सहि बचेरा हुर्काउन आहाराको भर बनाउछिन्
हेर्नुस् आमाको ममता भित्र कति ठूलो शक्ति छ
बिना अौजार उनले सन्तानका लागि घर बनाउछिन्

अरुणा श्रेष्ठ अनुु
झापा

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend