logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तक


  • जन आकाश
  • मंगलबार, मंसिर २ २०७७

मुक्तक १
दुईछाक खान नपुगेर परदेश गएको छोरो
मनभरी सपना बोकेर परदेश गएको छोरो
खाडीमा ढुङ्गा फोड्दाफोड्दै मरेर फर्कियो
बाआमाको दुख देखेर परदेश गएको छोरो



मुक्तक २
खेलकुद शिक्षा मन्त्रालय कैले बनाउछस्
घरघरमा धारा र शौचालय कैले बनाउछस्
कयौं अबोध बालबालिका छन् ए सरकार
मेरो विकट गाउँमा विद्यालय कैले बनाउछस्

मुक्तक ३
लाग्छ जीवन,जीवन हैन बाआमा बितेपछि
साच्चै रैछ खुसी मिल्दैन बाआमा बितेपछि
एउटै थिए दाइ पनि बिहे गरि सहरतिर लागे
आफ्नो भन्नू कोही छैन बाआमा बितेपछि

मुक्तक ४
घामले पोल्छ यो टिनको छाना ठिक लाग्दैन
कैलै हुदैनन् यी आँखा ओभाना ठिक लाग्दैन
मेरो देशको साग र सिस्नो खाएको सम्झेर
यो परदेशको हावा,पानी,खाना ठिक लाग्दैन्

नरेश क्षेत्री मुक्तक प्रेमी
मष्टा गा.पा. २
बझाङ
हाल भारत

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend