logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तक


  • जन आकाश
  • मंगलबार, मंसिर २ २०७७

 



मुक्तक

म सँग नराखेरै छुट्टिने प्रस्ताव अर्कै सँग गई
र बनाइ धोकेबाज गरि बदनाम अर्कै सँग गई
सम्बन्ध टुंग्याउछु भन्दै प्रमाण लिएर आई ११
आखाँ चिम्लेर दिए औँठा छाप अर्कै सँग गई

मुक्तक
छाक टर्दैन छाडें भने काम कसो गर्ने होलारु
गर्न मन त थियो तामझाम कसो गर्ने होलारु
जसरी पनि तिहारमा आईज भन्नुहुन्छ दिदी
छुट्टि छैन, छैन कत्ति दाम कसो गर्ने होलारु

मुक्तक
महामूर्ख बनेर कहलाउँदा विचार गर्नु होला
गाह्रो पर्नेछ मन जलाउँदा विचार गर्नु होला
म आगो जस्तै एकतमासले बलिरहेको मान्छे हुँ
खतरा बढ्छ मलाई चलाउँदा विचार गर्नु होला

मुक्तक
मनमा पीडा आँखामा आँशु लिँदै बिट मार्नु पर्यो
अनि विवाहको शुभकामना दिँदै बिट मार्नु पर्यो
हिजो आफुसँगै कयौं रात बिताएकी प्रेमिकालाई
आज एउटा अवसरवादी सम्झिँदै बिट मार्नु पर्यो

रोबट बिश्वकर्मा तोली,
अछाम
हाल बनेपा,काभ्रे

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend