जन आकाश
मुक्तक १
पछुतो मानेर पुर्पुरो छुन बाँकी थियो
दुखमा हाँस्न खुसीमा रुन बाँकी थियो
यतिकैमा सम्बन्धको अबधी सकिएछ
अझै मेरो बर्बादी हुन बाँकी थियो
मुक्तक २
अहमताको बिचार पालेर विकाश हुन्छ ररु
झगडा द्वन्दको बाटो चालेर विकाश हुन्छ ररु
विरोधको नाममा आन्दोलन तोडफोड गर्नेहरू
के बम फोडेर टायर बालेर विकाश हुन्छ ररु
मुक्तक ३
अरुकै लागि घोटिएको छाला स्विकार्छौ भने
छातिमा कुल्चेका हजार पैताला स्विकार्छौ भने
सुनको हार बन्न सक्ने हैसियत मेरो छैन
बरु बन्न सक्छु दुबोको माला स्विकार्छौ भने
मुक्तक ४
भ्रम मात्रै रहेछ आँखाको उज्यालो तस्वीर खोजे
पीडामा पनि खुसीभाको उज्यालो तस्वीर खोजे
मेरै चिन्ताले अनुहार अँध्यारो भएको रहेछ
मैले सधै भरि मेरा बाको उज्यालो तस्वीर खोजे
पदम पाण्डे
स न पा ९ अर्घा
अर्घाखाँची
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend