logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तक


  • जन आकाश
  • मंगलबार, मंसिर २ २०७७

मुक्तक १
बाधाहरु आउँन सक्छन् होसियारले हिंड्नु ।
कहिल्यै नबोली रुखो वचन होसियारले हिंड्नु ।
तिमी कुनै बेला आफन्तको छेउमा लडेउ भने
ताली पिट्छ्न उठाउँदैनन होसियारले हिड्नु ।



मुक्तक २
बर्षौं बर्ष भयो खाली निधार नरमाइलो लाग्छ।
घरको याद आउँछ बारम्बार नरमाइलो लाग्छ।
आफ्नै देशमा रोजगार नभएर परदेशिनु पर्यो,
परदेशिको न दसैं न तिहार नरमाइलो लाग्छ।

मुक्तक ३
कोहि बुद्धिको कोहि बलको राजा हुनसक्छ ।
कोहि झुपडी त कोहि महलको राजा हुनसक्छ।
सानो भनेर कहिल्यै कसैलाई नहेप्नुस महोदय
कुनै दिन खरायो पनि जङ्गलको राजा हुनसक्छ।

मुक्तक ४
बम बारुदको आंधी तुफान केका लागि थियो
र आफ्नै दाजुभाइमा हानाहान केका लागि थियो
अंझै पनि गरिबको पीडा र विभेद अन्त्य नहुने भए
सत्रहजार भन्दा धेरैको बलिदान केका लागि थियो

मोति निरौला
केपिलासगढी गा.पा. ७
खोटाङ

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend