logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तक


  • जन आकाश
  • मंगलबार, मंसिर २ २०७७

मुक्तक १
झरी हुनालाई पानी आफैं बादल बन्नु पर्छ
गहिराईको अनुभव गर्न खाडल बन्नु पर्छ
फरक कसरी छुटाउन सकिन्छ उस्तै उस्तैमा
अरूलाई साध्य देखाउन आफू पागल बन्नु पर्छ ।



मुक्तक २
आफ्नो हानिको आफैं स्वयं उत्पादक हुनसक्छ
मान्छेले चाहेकोभन्दा नतिजा फरक हुनसक्छ
खुद उभेको धरातल के हो भनी हेक्का नराखेर
अरुको कुभलो सोचे परिणाम घातक हुनसक्छ ।

मुक्तक ३
सँघारमा राख्नु या सयनकक्षमा राख्नु तिम्रै खुसी
निस्शङ्कोच पक्ष वा विपक्षमा राख्नु तिम्रै खुसी
अरूको खुवी र खोट पहिल्याउन नि खुवी चाहिन्छ
जस्तो हु त्यस्तै छु दक्ष या अदक्षमा राख्नु तिम्रै खुसी ।

मुक्तक ४
भेद छैन सयपत्री र मखमली सबैको गलामा सुहाउँछ
हाम्रो वास्तविक पहिचान के, हाम्रै सँस्कारले चिनाउँछ
मानव मात्र हैन सबै प्राणीको सम्मान गर्नुपर्छ उत्तिकै
यही कुरा हामीलाई उज्यालोको पर्व तिहारले सिकाउँछ।

सोनाम शेर्पा
जिरी
दोलखा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend