logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तक


  • जन आकाश
  • मंगलबार, मंसिर २ २०७७

मुक्तक १
जिउँन सहज छैन, मर्न सहज छैन ।
यो दुनियाँबाट अन्त सर्न सहज छैन ।
निरन्तर कोशिश गरे असंभव नहोला
तर देखेको सपना पूरा गर्न सहज छैन ।



मुक्तक २
पैसा हुनेलाई भुतले पनि छल्न सक्दैन ।
पैसा नहुनेको घरमा चुलो बल्न सक्दैन ।
सुन१ धन भन्दा विद्या ठूलो भन्नेहरु हो
पैसा बिना त सास पनि चल्न सक्दैन ।

मुक्तक ३
आजित भैसकेकीछु म लगातारको बहानामा ।
बर्षौँ देखिको रितिथिती संस्कारको बहानामा ।
तिहारकै दिन दाइ गुमाएको पीडा छ म भित्र
दैवले नि जिस्काइरहन्छ तिहारको बहानामा ।

मुक्तक ४
छोप्ने छानो, खाने गास अनि टेक्ने थलो हुँदैन ।
को छ यहाँ त्यस्तो, जस्लाइ कुनै पिरलो हुँदैन रु
जानिजानी किन बुझ पचाउँछन् होला मान्छे रु
अर्काको कुभलो सोच्नेको कहिल्यै भलो हुदैन ।

रेनुका पौडेल
र.न.पा.६
चितवन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend