जन आकाश
काठमाडौ । नेपालमा सियो पनि उत्पादन हुदैन भन्ने कुरा जो कसैलाई थाहा भएकै कुरा हो । तर नेपालमा आयतित बस्तुहरु आयत गर्दा गुणस्तरयुक्त मापदण्ड पु¥याएर आयात गर्नुपर्छ भन्ने कानुनी ब्यवस्था भएपनि नेपालमा जगदम्बा मोटर्स प्रा.लि.ले भारतमा असफल भईसकेको र डम्पिङमा फाल्न राखेका आपाचे, एनाटक स्कुटर, टिभिएस बाईक नेपालमा बिक्री गदै आएको छ । यो नेपाली उपभोक्तालाई सरासर ठगी गरिरहेको छ ।
अर्को बिषय नेपालीहरु लामो लकडाउनको अवस्थामा सार्वजानिक यातयात नचल्दा नेपालका धेरै बाईक स्कुटर कम्पनीहरुले ० प्रतिशत लगानीमा टु हुईलर्स अफर ल्याएका थिए । त्यसमध्य जगदम्बा मोटर्सले पनि त्यो अफर भनेर ठुला मिडियावाजी गरेर प्रचार गरेको थियो त्यही भएर धेरै जति ग्रहकहरु उसैका गएर टु हुईलर्स साधनहरु लिएका थिए । अहिले ति ग्रहकहरुलाई १६ प्रतिशत फाईनान्स भनिएकोमा पैशा तिर्न जादा २५ प्रतिशत सम्म ब्याज लिएको ग्रहकहरुले गुनासो गर्न थालेका छन् ।
फाईनान्सको समस्या त्यो मात्र नभएर गएको दशैको मुखमा किस्ता तिर्ने वेला ग्रहकहरु उनिहरुको काउन्टरमा पुग्दा स्टाफ कन्ट्रयाक्ट टे«शिङमा छ एक हप्ता पछि आउनुस भनेको र सोही समयमा जादा उल्टै पेनाल्टी हानेर जथाभावी रकम असुल गरेको ग्रहकहरुको गुनासो रहेको छ ।
यसरी झुक्याउदै जगदम्बा मोटर्सले ग्रहकहरु ठगिरहेको हामीलाई सुचनाहरु प्रप्त भईरहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend