जन आकाश
काठमाडौं । सिन्धुलीको तामाजोरमा जन्मनु भएका दर्पण बलको यात्रा गाउँघरको उकाली ओराली भोग्ने र देख्ने रहर त पुगेन किनकी ९ बर्षको कलिलै उमेरमा थिचिएको आर्थिक अभावका कारण काठमाडौमा आउनु परेको र काठमाडौमा हराएर एक महिनाको सडक बालकको रुपमा बिताउदा समेत सिन्धुली जन्मघर झलीझली सम्झीरहने बलको कथा त्यतिमा मात्र सिमित हुदैन दुईजना अपरचित ब्याक्तिहरुले भेटेर २०५१ सालमा प्रहरी प्रशासनको सम्पर्कमा पुगेका बललाई प्रहरीले उदार गरेर एउटा होटलमा राखिदिन्छन् ।
तिनै बलले औपचारिक शिक्षा पढ्ने कुरा कल्पना गर्ने सम्म मात्र हो । तर उनले स्वअध्ययन भने गरेका छन् । उनले कडा मेहनत गरेर काम सँगसगै संगीत सिक्न भानुभक्त्त ढकाल, प्रकाश गुरुङ, रविनदास श्रेष्ठ सँग संगीतको शिक्षा लिएर ५ बर्ष अगाडी “ढाका टोपी ” राष्ट्रिय गीत लेखन, गायन, र संगीत आफै गरेर सांगीतिक क्षेत्रमा डेब्यु गरेका बलले धेरै नेपालीहरुको मन जित्न प्र¥याश गरेका छन् ।
त्यो सँगसगै हालसालै अर्को सांगीतिक कोशेली “प्रेमचरी” बजारमा युटुब मार्फत सार्वजानिक गर्ने तयारीमा रहेको बलले हामीलाई जानकारी दिएका छन् ।
चाडै नै युटुब मार्फत “पे्रमचरी” प्रेममा आधारित संगीतिक कोशेली पस्कने तयारीमा रहेको र कोभिडको कारण युटुब मार्फम सार्वजानिक गर्न लागेको उनके तर्क छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend