logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालमा कियाको सब–कम्प्याक्ट एसयुभी सोनेटको बिक्री सुरु


  • जन आकाश
  • सोमबार, मंसिर ८ २०७७

 



काठमाडौं । दक्षिण कोरियाली अटो निर्माता कियाको बहु प्रतीक्षित सब–कम्प्याक्ट एसयुभी ‘सोनेट’ नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले यो एसयुभी नेपाल भित्र्याएको हो ।
कम्पनीले केहीअघि सोनेटको प्रि–बुकिङ खुला गरेकोमा सब–कम्प्याक्ट एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सोनेट कियाको भारतस्थित प्लान्टमा निर्मित दोस्रो एसयुभी हो । यसअघि कन्टिनेन्टलले कियाको भारतीय प्लान्टमै निर्मित सेल्टोस नेपाली बजारमा ल्याएको थियो ।

पछिल्लोपटक नेपाल भित्रिएको सोनेट भारतमा अत्यधिक रुचाइएको पेसेन्जर भेइकलमा पर्छ । गत सेप्टेम्बर १८ मा भारतीय बजारमा डेब्यू गरेको सोनेट १२ दिनमै ९,२६६ युनिट बिक्री भएको थियो, जुन यस सेग्मेन्टका स्थापित सवारी साधनहरुको भन्दा बढी बिक्री हो ।
नवप्रवेशी सोनेट र सेल्टोसको लोकप्रियताकै कारण भारतीय बजारमा गत सेप्टेम्बरमा कियाका गाडीहरुको बिक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा १४७ प्रतिशतले बढेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend