logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बेलायतका लागि नेपाली राजदूत डा. दुबसुले सार्वजनिक गरे दिप्ताको ‘यो जिन्दगी’


  • जन आकाश
  • मंगलबार, मंसिर ९ २०७७

काठमाडौं । बेलायत निवासी दिप्ता थापाको स्वर रहेको गीत ‘यो जिन्दगी…’ सार्वजनिक भएको छ । म्युजिक भिडियोसमेत बनेको गीत बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी ‘दुबसु’ले एक समारोहबीच सार्वजनिक गरेका हुन् ।



शिखर सन्तोषको संगीत रहेको गीतमा सन्जित देउजाको शब्द रहेको छ । गीतको भिडियो पनि गायिका दिप्तानै देखिएकी छन् । जसको कोरियोग्राफी उनकै आमा सुनिता गौतमले गरेकी छन् । भिडियोमा छायाँकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठको रहेको छ ।
गीत र भिडियोले प्रवासमा हुर्किएका नयाँ पुस्तालाई नेपाली गीतसंगीतमा लाग्न साथै कला, संस्कृतिको संरक्षणमा गर्न प्रेरित गर्ने विश्वास आफुमा रहेको गायिका दिप्ताले बताइन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend