logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तक


  • जन आकाश
  • बुधबार, मंसिर १० २०७७

मुक्तककार सुनिल अधिकारी द्वारा हरेक शुक्रवार संचालित फोटोमा मुक्तक प्रतियोगितामा रहेको ( मंसिर ५ /६ गते ) को
फोटो देख्दा मनमा आएका भावनालाई मुक्तकमा उतार्दा यिनै तलका मुक्तकहरु बनेछन् ।



१. झगडा क्षणिक लोभको !
मुक्तक,
फोटो हेर्दै भाव मिल्ने मुक्तक एक लेख्नु छ
दाह्रा देखाई फुर्ती देखाई मज्जाले भुक्नु छ
माउ कि बाउ काले या ए माले किन नभन्नुस्
मौका पारेर दाउ हेरी यस्तालाई त लखेट्नु छ

२. पशु समान व्यवहार !
मुक्तक,
टोक्छन् लुच्छन् झम्टिन्छन् यस्तै यिनको रित रे
चाट्छन् घुक्छन् लठारिन्छन् यस्तै यिनको मित रे
जात धर्म कर्मले समान, नाम थर फरक परे पनि
ठूलो आवाजमा घुकी दिन्छन् यस्तै यिनको जित रे

३ .आदेशको पालना !
मुक्तक,
तेरो मेरो झगडा हुँदै होईन, यो मालिकको सट्टा छ !
तेरो मात्र दाह्रा हैन हेर, मेरो देखिस् नठान ठट्टा छ !!
नहुँदा गुडुल्किएर नाक र चाक जोडेको भुलिस् क्या,
तेरो मात्र हैन हेर, गलामा मेरो पनि मालिकको पट्टा छ !!

४. र्याप हो र्याप !
मुक्तक,
अर्थ नबर्थ दिमाग खेलाउँछन् मान्छेको जातै यस्तै
खुसीयाली मा गाउँछौं पप र र्याप हाम्रो बातै यस्तै
जंगली पशुको भाषा, शास्त्र घोकेर बुझिंदैन हजुर
नपाउँदा पो चाईंचुईं थिएन, पाएपछि दिनरातै यस्तै

५ . जात जनाएको !!!
मुक्तक,
ठोक्न परे पछि मज्जाले ठोकिन्छ के को टुकुर टुकुर
मायाँ छ भन्दैमा म्वाई खाएर बस्ने नठान मलाई ढुकुर
भेडाको छाला ओढ्दैमा भेडै हुन्छु र, स्याल हुँ स्याल,
मामा स्याल झैं ,मौका छोपी टोक्छु, म कुकुर हुँ कुकुर

६. पशु मानव भिन्नता !
मुक्तक,
बुद्धि छ विवेक छ क्रोध साथमा धैर्यताले पनि सताउँछन्
भोजन गर्न मान्छे मिलेर बस्छन् मिलाई भाग लगाउँछन्
पशु र हाम्रा नेताको आनीबानी ठ्याकै उस्तै उस्तै भा छ
खान नहुँदा मिलेर बसे अहिले खानैलाई हेर बहुलाउँछन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend