logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तक


  • जन आकाश
  • शुक्रबार, मंसिर १२ २०७७

मुक्तक १
मेरो घर सबै त्यो दिन खास हेर्न आउनु
साच्चै भनौँ मेरो शरीरको नास हेर्न आउनु
हुने छ मान्छेको भिड त्यो आँगनमा धेरै
सेतो कफन भित्रको मेरो लास हेर्न आउनु



मुक्तक २
दुनियाँमा झुकाउनै पर्ने शिर,कस्तो होला
गरिबको दुस्ख अनि त्यो पिर, कस्तो होला
भगवानले त बुझ्दैनन् मानव कहाँ बुझ्छ
आँसु मात्र अभागीको तक्दिर,कस्तो होला

मुक्तक ३
यहाँ आफ्नैमा छैन् आफ्नोपन के गर्ने होलारु
मित्रहरुमा नै बढ्छ धेरै दुश्मन के गर्ने होलारु
कुराले ठिक्क अनि ब्यवहारले दिक्क पार्नेहरु
तर अचेल यस्तै चलेको छ चलन के गर्ने होलारु

मुक्तक ४
सकियो सम्बन्ध यात्रा रोकियो कस्लाई के भनौं
आफ्नै अभागी तक्दिर ठोकियो कस्लाई के भनौं
भाबीले लेख्नै भुलेको खुशी खोजेर कहाँ पाइन्छ
आफ्नै इच्छा पराईबाट तोकियो कस्लाई के भनौं
समिपा अभागि
दाङ

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend