logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तक


  • जन आकाश
  • शुक्रबार, मंसिर १२ २०७७

मुक्तक १
सयपत्री र मखमली फुलहरु फुल्न थालेपछि
कालो बादल हटेर आकाश खुल्न थालेपछि
अति नै रमाइलो लाग्छ तिहार गाउँघरमा जब
सेल चाख्दै भैलो गाउँदै घरघर डुल्न थालेपछि



मुक्तक २
काग, कुकुर, गाईगोरु सबैले सम्मान पाउने चाड
चेली र माइती बीचको नाता प्रगाढ बनाउने चाड
झिलीमिली दियो बाली लक्ष्मी मातालाई स्वागत गर्दै
सप्तरङी टीका माला लगाई मिठो खादै रमाउने चाड

मुक्तक ३
सृष्टिको सम्पूर्ण प्राणीको गौरव बोकेको छ तिहारले
यमराजको कानुनमा झैं बिभेद रोकेको छ तिहारले
सु(संस्कार,संस्कृति र सद्भावको जरुरी भएकोले सधै
बर्ष दिनमा सम्झाउने जिम्मेवारी तोकेको छ तिहारले

मुक्तक ४
आफ्ना चेली माईती नहुनेलाई उल्लास छैन तिहारमा
सयपत्री मखमली फूले पनि केही खास छैन तिहारमा
यहाँ जन्मदिने बाबुबाट नै ईज्जत लुटिन थालेपछी
टीका साट्न पराईलाई आफ्नो मान्ने विश्वास छैन तिहारमा

धर्मिला कार्की
चिशंखुगढी ३ ओखलढुंगा
हाल काठमाडौँ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend