जन आकाश
मुक्तक १
तिमी शिखर चाहान्छौ म पाखामै रमाउँछु
उद्देश्य सानै छ त सानै सपना सजाउँछु
सक्छौं आउँ परिवर्तनको यात्रामा तिमी
नत्र आफ्नो देशलाई म आफैं बनाउँछु
मुक्तक २
सक्छौ भेट्न आउँ नत्र मलाई टेन्सन हुन्छ
नसके खवर सुनाउँ नत्र मलाई टेन्सन हुन्छ
आखिर किन छुटिन अनेकौं नाटक पार्छौ
व्यर्थै यसरी नसताउँ नत्र मलाई टेन्सन हुन्छ
मुक्तक ३
रुपको मात्र होइन तिमी मनको पनि खास छौ
मलाई मात्र सुहाउने तिमी एक मात्र आस छौ
म भन्दा लायक खोज्दा भेटेनउ कि अन्त कतै
त्यसैले होला आज भोलि एकदम नै उदास छौ
मुक्तक ४
नारीलाई मात्र किनरु बोकाइदिन्छन अनेकौं भार
संविधान मा लेखेको त्यो कहाँ गयो अधिकार
न्याय खोज्दै हिंड्दा खेरी आफै दोषी बन्नु पर्ने
कस्तो चलन आयो मलाई जवाफ् देन हे सरकार
विनोद थापा
कमल १
झापा
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend