जन आकाश
मुक्तक १
प्रेमको दियो जलाउन आउनेछु प्रिय ।
सुखले जीवन चलाउन आउनेछु प्रिय ।
शिशिरमा झरेको मात्र हुँ मरेको छैन,
पर्ख वसन्तमा पलाउन आउनेछु प्रिय ।
मुक्तक २
घाटा, नाफा सम्पत्तिको परिपुर्ति नदेखाउ ।
पढेलेखेको म विद्वान भन्दै फुर्ति नदेखाउ ।
बाबुआमालाई आश्रममा राखेको छौ अरे,
घरमा ल्याएको करोडौंको मुर्ति नदेखाउ ।
मुक्तक ३
आजभोलि तिम्रो मुस्कान खास लाग्दैन ।
उदास देख्छु अनुहारमा विन्दास लाग्दैन ।
मनमा पिडा लुकेकोछ ओठमा हाँसो तिम्रो,
दिन्छु भन्छौं जीवन मलाई आश लाग्दैन ।
मुक्तक ४
पुरानो भएछ आमाको चोली फेर्दिनु छ अब ।
फाटेछ बहिनीको स्कुले झोली फेर्दिनु छ अब ।
गरिब सँग त सबैले तुच्छ बोल्ने रहेछन् यहाँ,
कमाएर धन, दुनियाँको बोली फेर्दिनु छ अब ।
महेश विष्ट
खोटाङ
हाल दक्षिण कोरिया
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend