जन आकाश
मुक्तक १
सानो ठुलो जात थरमा हुन्छ र
धनी र गरिबको घरमा हुन्छ र
आज औकात मिल्दैन भन्छौं
माया औकात र भरमा हुन्छ र
मुक्तक २
सधैं काम कर्तव्यमा नबगी बन्दैन
आफ्ना जिम्मेवारीलाई ठगी बन्दैन
नसोच्नुस् १ राम्रो गर्दा दुस्ख पाइन्छ
यो बुझौं दुस्ख नपाए जिन्दगी बन्दैन ।
मुक्तक ३
भएको छ कहिले छुटु छुटु पोल्छ
दिन(रात एकनास कुटु कुटु पोल्छ
तिमी मबाट टाढा बनेपछि निरमाया
निदाउन सक्दैन रातभर मुटु पोल्छ।
मुक्तक ४
जन्मे हुर्के खेलेको वरपरको याद आउँछ
सँगैका साथी सँगी अर्को याद आउँछ
जब जन्मभूमि छोडेर , टाढा पुगिन्छ नि
तब बुबा आमाको घरको याद आउँछ
सुजन अन्जान परियार
ढोरपाटन ५
बागलुङ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend