जन आकाश
काठमाडौँ ।रजनी घिसिङको सभापतित्वमा नेपाल तामाङ कलाकार संघको संस्थापक अध्यक्ष तथा वरिष्ठ संगीतकार, गायक चन्द्र कुमार दोङको प्रमुख आत्तिथ्यतामा “मायाला म्हेन्दो” म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सामाजिक अभियान्त समेत रहेकी नव मोडल रजनी तामाङको पहिलो म्युजिक भिडियो “मायाला म्हेन्दो” जोरपाटीको एक होटलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
वरिष्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल तामाङ कलाकार संघको अध्यक्ष तथा “मायाला म्हेन्दो”को शब्द÷संगीतकार सन्जिव वाइवा, महानायक अमिर दोङ विशेष अतिथि रहेका थिए ।
कार्यक्रममा तामाङ समुदायको चिरपरिचित नायिका रोश्नी ब्लोन, गायिका शशिकला मोक्तान, गायिका रेश्मा ब्लोन, मोडल सागार मोक्तान आदि अतिथिका रुपमा रहेका थिए ।
मिसन समृद्घ नेपालका अध्यक्ष सुदिन लामाले कार्यक्रम संचालन गरेका थिए।
भने मिसन समृद्घ नेपालका महासचिव मिलन कुमार लामाले तामाङ समुदायले निर्माण गरेका सांगीतिक कोशेलीहरुलाई अन्तर्राष्ट्रिय रुपमा नै चिनाउनका लागि राष्ट्रिय मुलधारका मिडियासम्म पहुच राख्नका लागि पहल हुनु पर्नेमा जोड दिएका थिए।
नायिका रोश्नी ब्लोनले तामाङ गीत संगीतले विस्तारै मुलधारको बजारसँग प्रतिशपर्दा गर्न थालेको हुनाले सबैको साथ र सहयोगको आवश्यक्ता रहेको बताएकी थिइन् ।
गायक तथा कार्यक्रका विशेष अतिथि सन्जिव वाइवाले तामाङ समुदायमा पनि गीत संगीतमा केही बिकृतिहरु शुरु भएता पनि त्यसलाई बिस्तारै व्यवस्थापन गरेर सामाजिक हीत र सन्देश मुलक म्युजिक भिडियोहरुको जित हुँदै गएको बताएका थिए।
उनले “मायाला म्हेन्दो” म्युजिक भिडियोबाट उठेको रकम पनि कमल थिङको सहयोगका लागि भनिरहेको छ तर अभियान्तहरुको टकरावको कारणले कमल थिङको उद्घार हुन नसकेको खबरले म आज धेरै दुःखी भएको छु । छिटै नै समस्याको समाधान होस् भन्न चाहन्छु । ”
कार्यक्रमको प्रमुख अतिथि चन्द्र कुमार दोङले आफ्ना केही तिता अनुभवहरु सुनाउनु भएकाे िथयाे । विभिन्न बाधाहरुलाई पार गरेर तामाङ गीत संगीतिक क्षेत्रलाई आजको यो उचाईमा पुगेको देख्दा खुशी लागेको बताएका थिए ।
पछिल्लो चरणमा गायक चन्द्र कुमार दोङ पत्रकार सम्मेलन, म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा देखापर्न थालेका छन् ।
तामाङ सांगीतिक क्षेत्रमा लागेका नव प्रवेशीहरुका लागि पनि खुशीको खबर नै मान्नुपर्छ । किन भने चन्द्रा कुमारसङ्ग तामाङ गीत संगीत क्षेत्रमो अनुभवहरु धेरै रहेकाछन् ।
माया प्रीतिका गीतहरु धेरै आएको छ । विभिन्न युटुव च्यानलहरुमा हेर्न, सुन्न पाइन्छन् ।
नव मोडल रजनी तामाङको यो माया प्रीतिको म्युजिक भिडियो सन्देश मुलक अनि मौलिक अधिकारसँग जोडिएका छन् ।
“मायाला म्हेन्दो” म्युजिक भिडियो हेरिरहदा धेरै कुराहरुको अुनभव गर्न सकिन्छ । कुइसाङ रुम्बा र अनिता नेगी लामाको ठट्याउलीमा मज्जाले पेट मिचिमिचि हाँस्न पाउने छन् ।
सामाजिक अभियान्त राजनी तामाङ घिसिङ र िबजय ब्लोनको अभिनय तारिफ योग्य नै रहेको छ । रजनी तामाङ घिसिङको अभिनयमा निखारता देख्न पाइन्छ । पहिलो म्युजिक भिडियो नै हो त उहाँको? भन्ने जिज्ञासा जो कसैलाई लाग्न सक्छ ।
दिपेश प्रधानको संयोजन, गुगल लामाको एरेन्ज, सुर्य लामाको कलर, र युद्ध लामाको कोरियोग्राफी रहेको यो म्युजिक भिडियोलाई नायक अमिर दोङले निर्देशन गरेका छन् ।
गीतको शब्दलाई अनि कथा बस्तुलाई नायक अमिर दोङको निर्देशनले न्याय दिलाएको छ या छैन दर्शकहरुले भिडियो हेरेपछि पक्कै मुल्याङकन गर्ने छन् ।
कार्यक्रममा कमल थिङ बचाउ अभियानमा संकलन रकम १० लाख उनको धर्मपत्नीलाई प्रमुख अतिथि चन्द्र कुमार दोङ र विशेष अतिथि सन्जिव वाइवाको हातबाट हस्तान्तरण गरिएको छ ।
तर कमल तामाङ बचाउन भएका अभियान र कमल तामाङको विषयमा निकै धम्की आउने गरेको कमल तामाङकि धर्मपत्निले बताएकी थिइन । कमल तामाङ कतारको जेलमा रहेका र उन्लाइ नेपाल फर्काउन भएका प्रर्यासहरु असफल भइरहेको र नेपाल वैदेशिक रोजगार उद्दार संघका अध्यक्ष इन्द्र गोलेले २ बर्ष अगाडी नै जिम्मा लिएको भएपनी सफल हुन नसकेको जस्ता कुरा कार्यक्रममा बताइएको थियो।
यसरी अर्को देश गएर गुजारा चलाउने चलनले नेपाली समाजलाई कति धेरै पिडा दिदो रहेछ भन्ने उदाहरण यो कमल तामाङको वैदेशिक जेलमा जीवन मरणको पीडा र आफ्नो श्रीमानलाइ उद्दार गर्न कोसिस गर्दा एउटि महिलाले खेप्नु परेको पीडा माथी पीडा विभिन्न नम्बरवाट आउने धम्की यो नेपाल देशले आफ्नो नागरिकहरूलाई आफ्नै देशमा रोजगार सृजना गर्न नसक्दाको पिडा हो ।
नेपालमा जति परिवर्तनका कुरा गरेपनी ठुला खालका कुनै उधोग कलकारखाना खोलेका छैनन् । भएका बन्द गराउदै लगेका छन् ।
नाममात्रको परिवर्तनले नेपालीहरुलाइ झनै परनिर्भर बनाएको छ । त्यो कमल तामाङको विषयमा सुन्दा उपस्तिथ पत्रकारहरु समेत निस्तब्ध भएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend