जन आकाश
( बमध्वज)ले गरे श्री जोगेश्वर माध्यमिक बिद्यालय उदघाटन
काभ्रे । काभ्रेको महादेवटार रोशी-४ मा निर्माण गरिएको ADB र नेपाल सरकारको आर्थिक सहयोगमा निर्मित २२ कोठे पक्की भवनको उत्घाटन सम्पन्न भएको छ।
हिजो उक्त निर्माण सम्पन्न भएको भवनको उदघाटन काभ्रे जिल्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गंगा बहादुर दोङ ( बमध्वज)ले गरेका हुन् ।
उत्घाटन कार्यक्रम ब्यबस्थापन समितिका अध्यक्ष जमान सिं लामाको सभापतित्वमा गंगा बहादुर दोङको प्रमुख आतिथ्यमा त्यसैगरी विशेष आतिथिहरुमा बाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा र केन्द्रीय युवा संघका कोषअध्यक्ष अमित लामाको उपस्तिथिमा भवन उदघाटन भएको हो।
रोशी गाउपालिका वाडन ४ मा रहेको बिद्यालयको यो भवन उत्घाटनसंगै विद्यार्थीहरुले आधुनिक भवनमा पढ्न पाउने भएकाछन् । त्यसको साथै पुस्तकालय, स्वास्थको लागि आकस्मिक कक्ष समेतको ब्यवस्थापन रहेको छ।
भवन उत्घाटनको अवसरमा बोल्दै बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष जमानसी लामाले जोगेस्वर माबी निर्माण गर्न सहयोग पुर्याउनु हुने (एडिबी ) नेपाल सरकार निर्माणमा सहभागी कम्पनीमा कार्यरत मजदुरहरु, स्थानीयहरु बिध्यालय ब्यवस्थापन टिम सबैलाइ धन्यवाद दिएका थिए ।
कार्यक्रमको सन्चालन माबिका प्रध्यापकसमेत रहेका मनमोहन अधिकारिले गरेका थिए।
त्यस कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गङ्गा बहादुर दोङले काभ्रेको रोशिमा यो स्तरको भवन निर्माणले बिकासको रुपरेखाको झल्को दिएको बताएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend