जन आकाश
काठमाडौ । क्लाउड कम्पुटिङ्गको प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलीयन डलरको हुने अनुमान गरिएको छ । उधोग व्यवसायमा बढ्दो सुचना प्रविधीको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठुलो मागँ रहेको छ । यस क्षेत्रमा विश्वव्यापी रुपमा रोजगारीका नयाँ अवसरहरु सृजना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जादाँ अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुदै गइरहेका छन् । पछिल्ला ३ वर्षमा यस क्षेत्रमा २२३% ले रोजगार वृद्धी भएको देखिन्छ ।
यस्तो अपार रोजगारीको संभावना रहेको क्षेत्र ( क्लाउड कम्पुटिङ्ग ) मा दक्ष जनशक्ति उत्पादन गर्नको लागी लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (LBEF) क्याम्पसले बेलायतको जेन ेजक्लाउड एकेडेमीसगं (GCA) सहकार्य गर्ने भएको छ । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गनेछन् भनि लर्डबुद्ध फाउण्डेशनले जनाएको छ ।
सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी (APU), मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको (B.Sc.IT) र (B.B.M.)विषयमा अध्यापन गराउदैं आएको छ । यस फाउण्डेशनका अध्यक्ष पंकज जालन हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend