logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“राष्ट्रको लागि सोच राखेर काम गर्नुपर्छ तवमात्र परिवर्तन हुन्छ”सिंखडा


  • जन आकाश
  • बुधबार, पुष १ २०७७

नवराज सिंखडा काठमाडौं जिल्ला अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
काठमाडौमा बि.क्र. २०१२ सालमा जन्मनु भएका नवराज सिंखडाको राजनीतिक यात्रा जति लामो छ त्यति नै मात्रमा अनुभवले पनि तिखारिनु भएको छ ।
बि.क्र. २०३३ सालमा युवा अवस्थामा नै डाँछी गाउ पञ्चायतको वडा न. ६ को वडा सदस्य भई जनताको सेवा गर्न थालेका सिंखडाले बि.क्र. २०३६ सालको जनमत सग्रहमा राष्ट्रियता बलियो बनाउन पञ्चायतको पक्षमा सक्रीय भुमिका निभाउनु भयो र बि.क्र. २०४३ मा भएको डाँछीको वडा अध्यक्षमा बिजयी भएर राजनीतिक सफलता हाशिल र्गदै जनताको सेवा र्गदै जानुभयो । बि.क्र. २०४४ मा काठमाडौं जिल्ला मजदुर संगठनको सभापति जसमा ४ वटा मजदुर संगठन आबद्ध थिए सोहि संगठनको पदेन जिल्ला पञ्चायत सदस्य हुदै बि.क्र. २०४७ सालमा राप्रपा पार्टीको स्थापना भएसँगै काठमाडौ जिल्ला सचीवको रुपमा काम गर्न थाल्नुभयो । बि.क्र. २०४८ मा राप्रपाकै क्षेत्रीय अध्यक्ष क्षेत्र न. १ काठमाडौवाट क्रमशः अगाडी बढ्दै प्रगतिपथमा लम्कनु भयो । बि.क्र. २०५१ सालको निर्वाचनमा प्रतिनिधिसभाको सदस्यमा काठमाडौ क्षेत्र न. १ वाट उम्मेद्धार बन्नुभयो । प्रतिनिधिसभा सदस्यमा पराजय ब्योहोरेका सिंखडाले जनताको सेवा भने गर्न छाड्नु भएको थिएन त्यसैले पुनः बि.क्र.२०५४ मा भएको स्थानीय निर्वाचनमा पुनः डाँछी वडा न. ६ को वडा अध्यक्षमा निर्वाचित हुनुभयो । बि.क्र. २०५६ को प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्धार बन्नु भएका सिंखडाको चाहाना गाउँ, टोल, वडा, क्षेत्रका जनताको सेवा गरिसकेको हुनाले केन्द्रमा गएर देशको नीति कार्यक्रम लागु गर्ने सपना थियो रे तर त्यो पुरा हुन सकेन त्यो पराजय ब्यहोरे पनि गुठी संस्थानको अध्यक्ष जस्तो महत्वपुर्ण पदमा सेवा गर्ने अवसर प्रप्त भयो । पाएका अवसरहरु सदुपयोग गर्न सिपालु सिंखडा अझै धेरै सेवा गर्न लालयित छु भन्नुहुन्छ ।
बि.क्र.२०६२÷६३ को परिवर्तनपछि काठमाडौमा बसेको राप्रपा नेपालको भेलाले राप्रपा नेपालको काठमाडौ जिल्ला अधयक्षमा सर्वसहमत हुनुभयो । लगतै बि.क्र. २०६४ मा क्षेत्र न. २ वाट राप्रपा नेपालले संविधानसभा सदस्यको उम्मेद्धार बन्न जिम्मेवारी दियो र संविधानसभाको उम्मेद्धार बन्नुभयो । बि.क्र. २०६६ मा एकृकीत भएको राप्रपामा उपत्यका संयोजकको रुपमा रहेर पार्टीको काम गर्नुभयो । बि.क्र.२०६९÷७० मा एकीकृत भएको राप्रपाको काठमाडौ जिल्ला अध्यक्षको जिम्मेवारी पाउनु भयो । बि.क्र. २०७० मा दोस्रोपटक संविधानसभा सदस्यको उम्मेद्धार उठ्नु भएका सिंखडाले त्यतिवेलाको एमालेका पुर्व महासचीव माधव कुमार नेपालसँग चुनावको प्रतिस्पर्धा गर्नुपरेको थियो । बि.क्र.२०७१ मा भएको उपनिर्वाचनमा पुनः काठमाडौ क्षेत्र न. २ मा भाग लिनुभयो । पार्टीभित्रको संगठनमा जति सफल भएपनि निर्वाचनमा भने असफल रहदै आउनु भएका सिंखडाको एकपटक संसद सचीवालमा गएर नेपालको नीति कार्यन्वयन गर्ने सपना रहेको हमीसँग बताउनु भएको छ । उहा हाल उकीकृत भएको पछिल्लो पार्टी समिकरणपछि बनेको राप्रपा कै काठमाडौ. जिल्ला अध्यक्षको रुपमा रहनु भएको छ । तर काठमाडौ जिल्ला अध्यक्ष डा. लोहनी समुह र कमल थापा समुह कसले नेतृत्व गर्ने टुङगो लागेको छैन । त्यो भन्दा फरक प्रसंगमा कुराकानीको बिस्तृत सार याहा प्रस्तुत गरेका छौ ।
स्वागत छ जनअकाश मिडियामा
धन्यवाद ।



तपाईहरु राप्रपालाई एकीकृत गदै शक्ति निर्माण गर्ने भन्दै आउनु भएको छ । यो अभिायाँन अन्र्तग के काम भईरहेका छन् बताईदिनुस न ?
राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकृत भएपछि मात्रै होईन । एकीकृत हुनुभन्दा अगाडीदेखि नै चुनावमा एजेण्डाहरु लिएर अगाडी बढीरहेको थियो ।राजासहितको प्रजातन्त्र, सर्वधर्म समभाव पुर्ण धार्मिका स्वतन्त्र सहितको हिन्दु राष्ट्र, संघियता होईन । स्थानीय निकायलाई स्वतन्त्र निष्पक्ष ढंगले स्वायतता अधिकार दिएर अगाडी बढाउनुपर्छ भन्ने जुन अवधारणा बोकेर आईरहेको थियो ।त्यो अवधारणालाई हामीसँग बिचार मिल्ने शक्तिहरुसँग सहकार्य गदै मेलमिलाप गदै अगडी बढेर यसलाई स्थापित गर्ने यसवाट मुलुकको सर्वाङग बिकासमा टेवा पुग्छ भन्ने हाम्रो मान्यता हो । यसैको आधारमा कार्यक्रमहरु अगाडी बढीरहेका छन् ।

राप्रपालाई कहिलेकाही फुटको रोगपनि लाग्ने गर्छ बिभिन्न टुक्रामा बिभाजन हुने पुनः एकीकृत हुने फेरी टुटफुट हुने अहिले चै एकीकृत भएको छ । केन्द्रमा समायोजन भईनै सकेको छ । स्थानीय, जिल्ला तहहरुमा के भईरहेको छ ?

पर्टी केन्द्रमा मात्र एक भएर हुदैन । जवसम्म हामी स्थानीय तहलाई मजवुद बनाउन सक्दैनौ एकतावद्ध भएर एउटै शुत्रमा गास्न सक्दैनौ । त्यतिवेलासम्म पार्टी बलियो हुन सक्दैन । इमानदारीपुर्वक स्थानीय तहमा गाउँ, वडास्तरदेखि जिल्ला, क्षेत्रलाई एक बनाउनुपर्छ । केही असहज अवस्थाहरु पनि छन् । तर हामीले नीति निर्माण भईसकेपछि नीति अन्र्तगत रहेर एकतामा संलग्नता जनाउनुपर्छ । सवैको सहभागिता हुनुपर्छ । त्यल्ले नै पार्टी बलियो हुन्छ । पार्टी बलियो भयो भने हाम्रो मुद्धाहरु स्थापित हुन्छन् । हाम्रा एजेण्डाहरु स्थपित गर्न सकिन्छ । हाम्रा एजेण्डा स्थपित भएपछि सवै साथीहरुले काम गर्ने अवसर पाउनुहुन्छ । केही असहजताहरु छन् केही समयमा यसको छिट्टै सावधान हुन्छ भन्नेमा म बिश्वास गर्छु ।

याहाले भन्नुभयो शक्ति निर्माण गरेपछि सम्वन्धित ठाउँमा पुग्न पाईन्छ । योजना कार्यन्वयन गर्न पाईन्छ भन्नुभयो तर तपाईहरुको पार्टी जो संविधानसभा भाग १ भाग २ मा जनताले केही जनमत दिएकै हुन् । तपाई रहेकै पार्टी अध्यक्षले गणतन्त्र घोषणा गर्ने सविधानमा सही ठेकेका होईनान् भन्या ?
हामीले यो कुरा बुझाउन सकेनौ । के बुझाउन सकेनौ भने तपाईले महत्वपुर्ण प्रश्न गरिदिनुभएको छ । अहिले पनि म रहेको पार्टी अध्यक्ष भन्नाले तपाईले इगित गर्न खोज्नुभएको कमल थापालाई ईगित गरेको हो भन्ने म ठान्दछु । तत्कालीन अवस्थामा राप्रपा नेपालको अध्यक्ष उहा हुनुहुन्थ्यो । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले गणतन्त्र स्थापित गराउने भुमिका खेल्नु भएको होईन । हामीले २०७० को चुनावमा २४ सीट जित्यौ १ सीट मनोनित गर्दा २५ सीट हामीले प्रप्त ग¥यौ त्यो २५ सीटले सधैभरी सदनमा राजतन्त्रको पक्षमा गणतन्त्रको बिपक्षमा संघियताको बिपक्षमा स्वायतता शासनको पक्षमा स्थानीय प्रशासनलाई ससक्त, बलियो बनाउनुपर्छ भन्ने पक्षमा धर्म निरपेक्षको बिरुद्धमा धर्म सपेक्षताको पक्षमा आवाज बुलन्द ग¥यौ । हरेक सवालहरुमा हामीले बोल्यौ । हाम्रो नेतृत्वगणले बोल्नुभयो । संशोधन प्रस्तावहरु राख्यौ । संविधान जारी हुदा भोटिङग भयो । त्यो भोटिङमा हामी बिपक्षमा बसेर संविधानको बिपक्षमा उभियौ । यो संविधानलाई हाम्रो मान्यता छैन भन्यौ । त्यति हुदाहुदै पनि हामी जम्मा २५ जना माात्रै थियौ । संघियताको बिपक्षमा हामी सँगसँगै चित्र बहादुर केसीहरु पनि उभिनुभयो । त्योभन्दा बाहेक अरुले संविधानको बिपक्षमा अरुले मत जाहेर गरेनन् राप्रपा नेपाल मात्र त्यस्तो एउटा पार्टी थियो । जसले संविधानको बिपक्षमा, गणतन्त्रको बिपक्षमा, संघियताको बिपक्षमा, धर्म निरपेक्षताको बिपक्षमा त्यति गरीसकेपछि सदनमा ९३ प्रतिशतभन्दा बढी बहुमतिय प्रणालीवाट संविधान पास भयो । त्यो संविधान पास भईसकेपछि हामीले उपयोग गदै आफ्ना मुद्दाहरुमा अगाडी बढ्नुपर्छ भन्ने रणनीति अन्र्तगत हाम्रा मुदाहरु नसमेटे सम्म असहमति रहने जस्तै गणतन्त्र, धर्मनिरपक्षेता लगायत अरु सविधानमा रहेका राम्रापक्षहरुलाई हाम्रो समर्थन रहने निर्णय अन्र्तगत हामी अगाडी बढ्यौ ।

यो कुरा हामीले आम जनतालाई पनि बुझाउन सकेनौ । तपाईहरु जस्तो पत्रकार मित्रहरुलाई पनि बुझाउन सकेनौ र बुझेर पनि यो कुरामा बुझ पचाउने काम भो । हामीसँग दुईवटा बिकल्प थियो । हामीले यो संविधान नमानेको भए सदनवाट बाहिर आउनुप¥थ्यो ।सदनवाट बाहिर आईसकेपछि हामी जङगल गएर बन्दुक बोक्नुप¥थ्यो । यो संविधान नमानेपछि सदनमा बस्नु त उपयुक्त हुन्नथ्यो । बन्दुक बोक्न जानुप¥थयो ।आखिर बन्दुक बोकेर १७ हजार भन्दा बढी मान्छे मरे मराएर बल्ल बल्ल स्थिर शासन शान्ति सुरक्षा कायम हुन लागेको बेला फेरी हामी जङगल गएको भए के हुन्थ्यो । त्यसकारणले जङगल जाने बाटो रोजेनौ । यो संविधानलाई उपयोग र्गदै जनमत आर्जन गरेर बैधानिक तरिकाले हाम्रा मुदाहरु स्थापित गर्नुपर्छ भनेर लाग्यौ यो कुरा केही जनताहरुलाई पचेन । वास्तमा हामीले बुझाउन नसकेर पचेन । त्यसकारण हामीले गणतन्त्रको पक्षमा कुनै मुल्यमा कुनै हालतमा समर्थन गरेका छैनौ । संघियताको पक्षमा सहयोग गरेका छैनौ । धर्म निरपेक्षताको बारेमा सहयोग समर्थन गरेका छैनौ । यसको डटेर बिरोध र्गदै आएका छौ ।

संविधान जारी भएको झण्डै ५ बर्ष भएको छ । जनताहरु सडकमा उत्रिएका छन् कुनै पार्टीको झण्डा देखिदैन । राष्ट्रिय झण्डा लिएर नागरिक आन्दोलनको रुपमा छन् । राप्रपा लगायत अन्य पार्टीहरु पनि राजतन्त्रको आवाज उठाईरहेका छन् नागरिक आन्दोलनकारीले पनि राजतन्त्र भन्न थालेका छन् । राप्रपाले पनि राजतन्त्र भन्छ यसको तात्वयीक भिन्नता के छ प्रष्ट पारिदिनुहुन्छ की ?

जसरी ६२÷६३ को आन्दोलन भयो संविधान बन्नुभन्दा अगाडी नै राजाका अधिकारहरु खुम्चिए नेपालमा धर्म निरपक्षेता लादियो । हिन्दुराष्ट्र हटाईयो । त्यो बेलादेखि नै हामीले राजतन्त्रको पक्षमा हिन्दुराष्ट्रको पक्षमा आवाज उठायौ तर राम्रोसँग आम जनतालाई बुझाउन सकेनौ ६२÷६३ को आन्दोलनपछि २०६४ को चुनाव भो सरकारहरु बने जनताले के खोजेको थ्यो भने साच्चै राजाले यो देशमा ठुलो शोषण गरेको रहेछ की ?साच्चै राजाको कारणले यो मुलुक नबनेको रहेछ की ?साच्चै हिन्दु राष्ट्रको कारणले यो मुलुक नबनेको रछ की ? गणतन्त्र भएपछि, धर्मनिरपेक्षता भएपछि, बिकास पाउछौ सुविधा पाउछौ, भन्ने आश नेपाली जनताले गर्ने गरेका रहेछन् । त्यो कुरामा नेपाली जनता निरास हुन पुगे २०६४ देखि ७७ सम्मको १३ बर्षको अन्तरालमा हामीले हाम्रो स्वाभिमान गुमायौ, राष्ट्रियतामाथि प्रश्न चिन्ह खडाहुन थाले, मुलुक बिकासतिर होईन उधोगतितिर जान थाल्यो । मुलुकले गति लिन सकेन । नागरिकहरु रोजगारी नपाएर बिदेश पलायनमा बृद्धि हुदै गयो । जिउ ज्यानको सुरक्षामा कमीकमजोरी आउन थाले हुदा हुदा दलहरुभित्र नभएर परिवार भित्र खुम्चिन पुगे पार्टी भनेको परिवारमा खुम्चिन पुग्यो त्यो आम नेपाली जनताले महसुस गर्न पुगे । आम राष्ट्रवादी, बुद्धिजीवि, वकिल, पत्रकार, बिद्यर्थी, मजदुर, सवैले अव यो मुलुक यसरी चल्ने रहेनछ हामीलाई नेताहरुले जे जे कुराहरु भनेर आए ति कुराहरु गलत रहेछन् । राजा भएर यो देशको बिकास नभएको होईन रहेछ । हिन्दु राष्ट्र भाएर यो मुलुकको बिकास नभएको होईन रहेछ । यिनिहरुले हामीलाई गलत सुचना प्रर्वाह गरेर झुक्याएछन् । अव हामी झुक्किनु हुदैन । यि कुराहरु स्थापित गरेर मुलुकलाई स्थाईत्व दिनुपर्छ । यसवाट नै मुलुकको बिकास हुन्छ भन्ने जागरण, चेतना आम नागरिकमा आयो । त्यसकारण आम नागरिक आन्दोलनमा सडकमा ओर्लिए । त्यो आम नागरिक आन्दोलन भित्र राष्ट्रिय प्रजातन्त्रवादी पार्टीका कार्यकर्ताहरु पनि राष्ट्रिय झण्डाभित्र जानुभको छ । जसलाई आफ्नो एजेण्डाको कुरा आको छ । जसले उठाईदिवस स्वत स्फुर्त हाम्रो पार्टीको नीति के छ भने हिन्दुराष्ट्रको पक्षमा, राजतन्त्रको पक्षमा, संघियताको बिरुद्धमा जसले आवाज उठाएपनि हाम्रा कार्यकताहरु स्वत स्फुर्त रुपमा समर्थन गर्न जाने छ । भने राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि बिभिन्न जिल्लाहरुमा हाम्रा कार्यक्रमहरु सुरु भएका छन् । काठमाडौ भित्रपनि केहीदिनभित्र कार्यक्रम गदैछौ । मोटरसाईकल ¥याली जुलुस सभा लगायत त्यो अभियाँनमा हामी जुट्दै छौ ।
तपाईले राष्ट्रियताको कुरा उठाउनु भयो । राष्ट्रियताले नेपालीलाई छुने गर्छ । नेपालको राजनीतिक ईतिहाँस हेर्दा प्रजापरिषदको स्थापना बाहेक अन्य पार्टीहरुको स्थापना भारतमा भएका रहेछन् २००४मा नेपाली कांगे्रस, २००६ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भारतमा भएको रहेछ ।
नेपालमा हरेक १० बर्षमा परिवर्तनको माग उठ्दो रहेछ । तर परिवर्तको नाममा नेपालका उधोग, कलकारखाना बन्द गराईएका रहेछन् । आन्दोलन मात्र गरिरहदा देशको, जनताको पक्षमा भएको देखिएन । परिवर्तनको नाममा बिकास गरेको पाईएन बरु राणकालीन र महेन्द्रकालीन समयमा वाहेक । अहिले करिव १३ बर्ष भयो अलि शान्त छ देश फेरी एकखालको आन्दोलन उठ्न लागेको छ । अहिले उठिरहेको आन्दोलनले देशले यसरी फडको मार्छ पहिलाका जस्ता बिदेशी निर्देशनमा यो आन्दोलन होइन भनेर मलाई म मार्फत जनतालाई सिधा भाषामा तपाईले भन्नैपर्छ । यो कस्तो मोडलमा हुदैछ ?
नेपालमा जाहानिहा साशनको बेला जसले जाहा बसेर पार्टी स्थापना गरे त्यो समयको आफ्नै ईतिहाँस छ । पार्टीं गठन गरे आफ्नै पृष्ठभुमि छ । त्यसतर्फ हामीले बिशेष चर्चा गरिरहनुपर्ने अवस्था छैन । के बुझ्न पर्छ भने महत्वपुर्ण कुरा हामीले हाम्रै माटोलाई सम्झेर हाम्रै माटोको माया गर्ने नेता नेतृत्वमा पु¥याउन सकेनौ भन्ने लाग्छ मलाई तपाईले राजा महेन्द्रको कुरा उठाउनु भो पृथ्बिनारायण शाहपछि सशक्त रुपमा राष्ट्रवादी यो राष्ट्रलाई हरेक कोणवाट प्रगति गराउन सोच्ने राजा महेन्द्र मैले पनि देखेको छु । म १२ सालमा जन्मेको राजा महेन्द्रको स्वर्गीय २०२८ मा भएको थियो । त्यो छोटो समयमा पनि राजाको सक्रियता त्यतिवेलाको त्यो नीतिहरु हेर्दा र तत्कालिन अवस्थाको राज्यको काम गराई हेर्दा राजा महेन्द्र राष्ट्रियताप्रति महेन्द्र अत्यन्त सजग,चनाखो,दुरदर्शि सोच राखेर यो मुलुकको साशन गरेको देखिन्छ । त्यो सँगसँगै हामीले किन गर्न सकेनौ । पञ्चायतले गर्न सकेन भनेर हामीले बहुदल ल्यायौ । १०÷१० बर्षमा परिवर्तन हुन्छ याहा आन्दोलन हुन्छ । त्यसले केहीन केही रुप परिवर्तन गर्छ भन्यौ । त्यो आम नेपाली जनतालाई थाहा छ । आम नेपाली जनताले चासो राखेका छन् जुन तपाईले चासो राखेर सोध्नु भो ।

सर्वप्रथम कुरा के हो भने तपाई हामीले हाम्रो माटोको लागि हाम्रो भुमिको लागि नेपालको लागि नेपालीले नै अन्दोलन गरेर जवसम्म कुनै चिज स्थापित गर्न सक्दैनौ त्यतिवेला सम्म तपाई हाम्रो पकडभित्र रहदैन ।२००७ सालको परिवर्तन काहा बसेर भो भारतमा,२०१७ साल आयो त्यसलाई पञ्चायती साशन भनियो । एकथरी जो प्रजातन्त्रको कुरा गर्नुहुने नेताहरुले राजा महेन्द्रले एकतन्त्रीय साशन चलाए हामीले बिद्रोह गर्नुपर्छ । उहाहरु अलग बसेर युद्ध लड्नु भो । पञ्चायतको ३० बर्षे कालमा प्रजातन्त्र छैन भनेर ठ्ुलो जमातमा हौवा फिजाएर नारा मात्र लगाए । मुलकको हितहुने कुरामा लागेनन् । त्यो हुदाखेरी मुलुकको बिकास जति हुन प¥थ्यो त्यति हुन सकेन । तर राजा महेन्द्रका दुरदर्शिताले खोलेका त्यतिवेलाका कलकारखानाहरु आज काहा छन् । काहा गए । दर्जंनौ दर्जन उधोगहरु आज बिस्थापित भएका छन् हजारौ हजारले रोजगार गुमाएका छन् ।

म यहा फेरी पनि दोहो¥याएर भन्छु अर्काको आड भरोसामा मुलुकमा राजनीतिक शासन परिवर्तन हुन्छ ? मुलुकले काचुली फेरेको भनेर ठुलाठुला स्वरले कराउछौ २०४७ साल आयो काग्रेसले बहुमत ल्यायो हाम्रो नियती हामीले मत दिएको आधारमा हाम्रो नेतृत्वले काम गर्दो रहेनछ । यो कुरा सवै नेपालीले बुझुनु पर्छ जवसम्म यो कुरा हामीले बुझ्दैनौ त्यतिवेला सम्म मुलुकको बिकास हुन सक्दैन । जति कुरा गरेपनि बिकास हुन सक्दैन । हामी काहा गएर खुम्चियौ भने रिमोट कन्ट्रोलमा गएर ख्म्चियौ । यो मुलुकमा अहिले दुईतिहाई ल्याएको सरकार छ त सरकारले यो मृुलुकले स्थिरता किन पाएनौ ? सुशान किन पाएनौ ? आज काग्रेस आन्दोलन गरिरहेको छ । एनसेलको मुदा किन उठाईरहेको छैन वाईडबढीको कुरा किन उठाईरहेको छैन । प्रतिपक्ष र सत्तापक्षको रिमोट अन्तै छ । सञ्चालन र परिचालन गर्ने रिमोट बाहिर छ । नेपाली जनताको हातमा छैन । यो कुरा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भनिसक्नु भएको छ । हाम्रो साचो त अन्तै रहेछ । नेपाली जनता आफ्नैले गरेको आन्दोलनवाट स्थापित भएको आन्दोलनले मात्रै देशमा स्थाईत्व बिकास हृुन्छ भन्ने राप्रपालाई लाग्छ । हामी आफ्नै खुट्टामा उभिएर परिवर्तन गछौ भनेर लागेका छौ ।
अन्तमाः
तपाईको जन आकाश मिडिया मार्फत मेची माहाकाली बस्नुहुने बिदेश बस्नुहुने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई के आग्रह गर्न चाहान्छु भने कुनैपनि दलभन्दा माथि उठेर कुनैपनि राजनीति घेराभन्दा माथि उठेर राष्ट्रको माया गर्ने बेला आएको छ । तपाई हामीले राष्ट्रको माया गरेनौ भने राष्ट्र अत्यन्त खतरा मोडमा छ । राष्ट्र चलेन । चल्दैन । जनताको कुराले मात्र राष्ट्र चलेको रहेनछ भनेर हामीले बुझिराखेका छौ । लगभग दुईतिहाईको सरकार छ । उहाहरुकै खिचातानीको खेल चलिरहेको छ । सरकारमा बस्नेहरु पावरमा बस्नेहरु परिवारतिर लडके परिवारवादवाट अलिमाथि उठ्यो भने आफन्त ईष्टमित्रतिर ढल्के त्योभन्दा अलिमाथि उठेभने पार्टीका कार्यकर्ता भित्र ढल्के नेपाली जनताको पक्षमा हित गर्ने कोहीपनि भएन । जवसम्म राष्ट्रहितको लागि नेपाली जनताको हित गर्ने नेतृत्व स्थापित गर्न सक्दैनौ त्यतिवेलासम्म मुलुकले बिकास पाउदैन मुलुकका जनताले न्याय पाउदैनन् । रोजगारको स्थिति बन्दैन । यी आदि कुरा गर्नको लागि राष्ट्रवादी भएर राष्ट्र जोगाउनको लागि राष्ट्रिय मुद्दामा सहमति गरौ भोली आ–आफ्नो पार्टीमा भोट हालौला अहिलेको परिवर्तनलाई सहयोग गर्नुस भन्ने आग्रह गर्न चाहान्छु ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend