logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दर्पण बलको “प्रेम चरी” सार्वजनिक


  • जन आकाश
  • आइतबार, पुष ५ २०७७

काठमाडौं । दर्पण बलको “प्रेमचरी” नामक म्यूजिक भिडियो सार्वजजिक भएको छ । उक्त भिडियोलाई jana aakash tv युटुव च्यानलले बजारमा ल्याएको हो । प्रेम चरी गीतका रचनाकार, संगीत, गायक दर्पण बल आफै रहेका छन् । उक्त गीतको एरेन्जर प्रकाश लेप्चाले गरेका छन् ।



यो म्यूजिक भिडियो दर्पण बलको पहिलो भने होईन उनले झण्डै ५ बर्ष अगाडी ढाका टोपी राष्ट्रिय गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरका हुन् ।

म्यूजिक भिडियोको नाम “प्रेमचरी” नै किन राख्नुभयो भनि सोधिएको प्रश्नमा गायक दर्पण भन्छन् । उहाँ भन्नु हुन्छ “देश विदेशमा रहेका हरेक नेपालीहरुले आफ्नो प्रेमीको बारेमा याद गर्दै गाएको गीत हो । प्रेमीको यादमा मनको चरीलाई उडाएर भेट हुने कंल्पनाका साथ तयार परिएको गीत हो ।”

हुन त यत्तिबेला बजारमा माया प्रीतिको गीतको माग रहेको छ । शब्द रचनाकार दर्पण बलले बादलको घुम्टु उडाएर आफ्नो प्रेमीलाई भेट्न आउने सपना बुनेको हुन्छ । हुन त नेपालीहरुको एक पीडा हो । किन भने धेरै भन्दा धेरै नेपालीहरु विदेशको भुमिमा बसेर आफ्नो प्रेमी वा श्रीमती सम्झेर तड्पिनु भन्दा विकल्प छैन । लाग्छ गीत सुन्दा विदेशमा रहेका नेपालीहरुको वास्तविक कथालाई बुनेर तयार पारिएको गीत हो भन्दा फरक हुदैन । संगीत गाएक आफैको रहेको यो गीत सुन्दा सुनिरहौं लाग्ने संगीत रहेको छ । नव गायक बलको यो भने पहिलो गीत हैन । उहाँले यो भन्दा पहिला धेरै गीतहरुमा संगीत भरिसकेका छन् ।

आधुनिक बजारमा प्रतिशपर्दा गर्नका लागि कला र गला होइन कि धनको आवश्यक्ता यत्तिबेल गायक तथा संगीतकार बलले महसुस गरिरहेका छन् ।

प्रविधिको विकाससँगै गीत संगीतको बजारमा म्यूजिक भिडियो निर्माण गर्नेहरुको भीड बडेका छन् भने नाम र भ्युज कमाउनका लागि बिभिन्न चोरबाटो अप्नाउने गर्दाछन् तर गायक बल सिधा बाटो मात्र हिड्न खोज्दा दुःख पाएको जनआकाश अनलाइनको पत्रकारसँग गुनासो पोखे ।

हुन त बलको आवाज सुनेपछि मन नलोभिने सायद कोहि नहोला । उनको स्वरमा जाँदु छ । उनको संगीतमा मिठास छ । एक पटक सुनेपछि अवश्य दर्शक पुन दोहो¥याएर सुन्ने नै छन् ।

नव प्रतिभाहरुलाई माया गर्नु हामी सबैको दायित्व हो । उनीहरुको कलाको प्रबद्घनका लागि हामी सबैको साथ र सहयोगको आवश्यकता रहने छन् । उहाँलाई सफलताको शुभकामना ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend