logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपाली सडकमा हजारभन्दा बढी सेल्टोस गुड्न थाले


  • जन आकाश
  • शुक्रबार, पुष १० २०७७

 



 

काठमाडौं । नेपाली सडकमा कुद्ने कियाको मिड–एसयुभी सेल्टोसको संख्या हजार नाघेको छ । नेपाल प्रवेश गरेको एक वर्ष पूरा हुँदा नहुँदै हजार युनिटभन्दा बढी सेल्टोस बिक्री भएको नेपालको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले जानकारी दिएको छ । सेल्टोस र अर्को मोडल सोनेटले कोरियाली अटो ब्रान्ड कियालाई नेपालमा सबैभन्दा बढी बिक्री हुने गाडीको तेस्रो नम्बरमा उकालेका छन् ।
करिब दुई महिनाअघि नेपाली बजारमा आएको सोनेट २५० युनिभटभन्दा बढी बिक्री भइसकेको छ ।

नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले गत वर्ष पुसमा सेल्टोस नेपाल ल्याएको थियो । यो गाडी छिमेकी मुलुक भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल भएको थियो ।
सेल्टोस कियाको भारतस्थित प्लान्टमा उत्पादन हुन्छ । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतीय प्लान्टमा सेल्टोस उत्पादन थालेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend