जन आकाश
काठमाण्डौं । नेपालमा सिद्धार्थ ईन्सुरेन्स कम्पनीले कोरोना बीमा बापतको रकम बीमितहरुलाई कोरोना बापतको बीमा गरेको रकम नदिएको बिभिन्न बिमितहरुले जन आकाश मिडियाको कार्यलयमा फोन गरेर टिपाएका छन् । हुनत प्रत्येक बर्ष केही न केही सिर्शकमा बिवादमा आईरहने सिद्धार्थ ईन्सुरेन्स कम्पनीका लागि बीमितवाट नचाहिदा आश्वसन बाडेर रकम असुल्न माहिर तर बिमीतले घटना, दुर्घटना भएर बीमा दावी गर्दा बिभिन्न बाहाना बनाएर बीमितलाई दुखः दिदै आएको सिद्धार्थ ईन्सुरेन्सको पछिल्लो घटना सार्वजानिक भएको छ ।
बिमितहरुले बिमा भुक्तानी माग्न जादा उल्टै थर्काउने, धम्काउने जस्ता कार्यहरु भएको हुनाले बाध्य भई मिडिया गुहारेको बताएका थिए ।
बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले कोरोना पोजेटिभ भएका बिमीतहरुको रकम ७ दिनभित्र दिनु भनेर सार्वजनिक नै गरेको थियो । तर त्यो निर्देशनको समेत खिल्ली उडाउने गरी बिमीतहरुको रकम नदिएको बिमितहरुको आरोप छ ।
सिदार्थका सूचना अदिकरी सुरेन्द्र आचार्य सङ वास्तविकता बुझ्दा कोरोनाको बिमितले बुक्त्तानी त्यति सजिलै नपाउने जिकिर गरे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend