जन आकाश
प्रभु क्यापिटल टिकटक च्यालेन्ज मार्फत गाेसाई कुण्ड घुमाउने अफर
काठमाडौं । प्रभु क्यापिटलले टिकटक क्याम्पियन आयोजना गरिरहेको छ । आफ्ना टिकटक भिडियोहरुबाट लोकप्रियता कमाउन सफल रेश्मा घिमिरेले आफ्नो टिकटक एकाउन्टमा अपलोड गरेको प्रभु क्यापिटलको गीत र सोही क्याप्सन सहित आफ्नो टिकटक भिडियो अपलोड गरेर यस प्रतियोगितामा सहभागिता जनाउन सकिनेछ ।
यहि पुस ९ गतेदेखि माघ ८ गतेभित्र प्रभु क्यापिटलको गीतमा टिकटक बनाउने सहभागीहरुमध्ये उत्कृष्ट भिडियो बनाउने ३ प्रतियोगीहरुले प्रभु हेलिकप्टरको फ्लाइटमार्फत गोसाइँकुण्ड घुम्ने मौका प्राप्त गर्नेछन् ।
हाल सबैको रुचि बनेको टिकटकमार्फत आयोजना हुने यस प्रतियोगिता उल्लेखनीय सहभागिता रहने अपेक्षा कम्पनीको छ । साथै यस टिकटक प्रतियोगिता अवधिभरि प्रभु क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्ने अवसर पनि रहेको प्रभु क्यापिटलले जनाएको छ ।
नेपालको नेपाली मुलको रुपमा रहेको घरनामध्यको एक ब्यवसायीक कम्पनी प्रभुले एकपछि अर्को सफलता हासिल गदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend