जन आकाश
काठमाडौं । द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका दुई प्रतिस्पर्धी मेचु धिमाल र विकास लिम्बू संयुक्त रुपमा नयाँ गीत लिएर आएका छन् । उनीहरुले ‘पानी कलल’ बोलको पूर्वेली भाकाको गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतमा लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत समावेश छ ।
देवेश राईको एरेन्जमेन्ट रहेको गीतमा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । गीतको भिडियोमा गायकद्वय मेचु र विकाश आफैँले अभिनय गरेका छन् । यसको निर्देशन पनि गायक मेचुले नै गरेका हुन् । भिडियोलाई पेटेर गुरुङले खिचेका हुन् भने विष्णुहरी तिमल्सिनाले सम्पादन तथा कलर गरेका छन् । भिडियोमा राज पोखरेलले ड्रोन चलाएका छन् । गीतको मिठास जति छ । त्यति नै भिडियोको आकर्षणले मानिसहरुको मन तानेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend