जन आकाश
शनिबार राति भएको खेलमा आर्सनलले वेस्ट ब्रुमलाई ४.० गोलअन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा टिइरनीले २३ मिनेटमा पहिलो गोल गरे। साकाले २८ मिनेटमा टिमको अग्रता दोब्बर पारेका थिए।
दोस्रो हाफमा लाकाजेटले दुई गोल गरे। उनले ६० र ६४ मिनेटमा गरी दुई गोल गर्दा आर्सनल ४.० ले अघि बढेको थियो।
त्यस्तै यता टोटेनहमले लिड्सलाई ३.० गोलले पराजित गरेको छ।
टोटेनहमका लागि ह्यारी केनले २९ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे। ४३ मिनेटमा सन मिनले टोटेनहमको अग्रता दोब्बर पारे।
५० मिनेटमा एल्डरवाइरेल्डले टोटेनहमका लागि तेस्रो गोल गरेका थिए।
लिगका अन्य खेलमा क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेड २.० गोलले पराजित गर्दा ब्राइटन र वुल्भ्सबीचको खेल ३.३ गोलको बराबरीमा सकिएको छ।
लिगको अंक तालिकामा लिभरपुल १६ खेलबाट ३३ अंक जोड्दै शीर्ष स्थानमा छ। समान खेलबाट समान अंक जोडेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ।
टोटेनहम २९ अंक जोडेर तेस्रो स्थानमा रहदा समान अंक जोडेको लेस्टर चौथो स्थानमा छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend