जन आकाश
कास्की । यही १८ गते पश्चिमञ्चल अटोमोबाईल एशोसिएसन र नाडाको संयुक्त रुपमा कार्यत्रम सम्पन्न भएको हो । कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गरेको हरेक गतिविधीहरु प्रदेश स्तरीय एशोसिएशनहरुलाई जानकारी हुनु पर्ने र त्यसैगरी प्रदेश स्तरीय एशोसिएशनहरुको गतिविधिहरु पनि नाडालाई जानकारी हुनु पर्छ भन्दै प्रदेश स्तरीय एशोसिएशनहरुमा पनि प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे लैजाने लक्ष्य लिएको छौ । अहिलेको विधानमा सबै प्रदेहरुलाई समावेश गरी थप सशक्त बनाउने प्रयाश गरेका छौ । सडक विस्तारमा सुधार भई रहे पनि त्यो पर्याप्त छैन । हामीले ट्राफिक प्रहरीसंग पनि विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएका छौ उक्त संयुक्त कार्यक्रममा धारणा राख्ने क्रममा उक्त कुरा बताएका थिए ।
त्यसैगरी सो कार्यक्रमका प्रमुख अतिथी तथा नाडाका पूर्व अध्यक्ष सौरभ ज्योतीले नाडा र वाडा एक जुट भएर अघि बढनु पर्ने धारणा राख्दै सरकारले राजधानीमा प्रदुषण बढेको कारण देखाउदै सवारी साधनहरुको आयातमा नै नियन्त्रण गर्न खोजेको हामीलाई महसुस भई रहेको छ भनेका थिए । यसै क्रममा उनले वाडाले आफनो प्रदेश सरकारसंग समन्वय गरेर अघि बढ्नु पर्छ भन्ने धारणा राख्दै बढ्दो प्रदुषणले पर्यटकहरु कसरी पोखरामा आउछन त भन्ने प्रश्न राख्दै हामीले प्रदुषण नियन्त्रणमा पर्याप्त ध्यान दिनु पर्ने धारणा राखे ।
सो कार्यक्रममा महासचिव सुनिल रिजालले अटोमोवाइल स्पेयर पार्टसहरु आयात गर्दा भन्सार नाकाहरुमा हुने समस्याहरु बारे जानकारी दिएका थिए । सो कार्यक्रममा नाडा र वाडाका पदाधिकारी तथा सदस्यहरु बीच विभिन्न विषयहरुमा विचारहरु आदान प्रदान भएको थियो । सो कार्यक्रममा नाडा र वाडाका पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिती रहेको थियो ।
नाडाले २०७७ साल पौष १७ गते पोखरामा नै नाडाको केन्द्रीय कार्य समितिको ७ औं बैठक समेत सम्पन्न गरेको थियो । उक्त बैठकले २०७७ फागुन २१ गते नाडाको ४४ औं वार्षिक साधारण सभा होटेल याक एण्ड यतिमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । सो बैठकले महासचिव सुनिल रिजालको संयोजकत्वमा सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया समेत सदस्य रहनेगरी चार सदसिय ४४ औं वार्षिक साधारण सभा तयारी समिति समेत गठन गरेको जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend