जन आकाश
एजेन्सीः स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले कठिनपुर्ण जित निकालेको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३.२ गोल अन्तरले पराजित गरेको हो ।
बिल्बाओको मैदानमा कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।
खेलको तेस्रो मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए ।
तर, खेलको १४औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १.१ गोलको बराबरीमा फर्काए ।
३८औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २.१ को अग्रता दिलाए । दोस्रो हाफको ६२औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३.१ ले अघि रह्यो ।
त्यसपछि खेलको ९०औं मिनेटमा बिल्बाओका इकर मुनियनले एक गोल फर्काएपनि बार्सिलोना ३.२ ले विजयी भयो ।
जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले १७ खेलमा ३१ अंक जोडेको छ । बिल्बाओ २१ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend