logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

६ करोड बोनस कर्मचारीलााई वितरण गर्दै निगम


  • जन आकाश
  • शनिबार, पुष २५ २०७७

काठमाडौं । सहायकस्तरका कर्मचारीलाई दुई महिना १५ दिनको र अधिकृत वा सोभन्दा माथिल्लोस्तरका कर्मचारीलाई २ महिनाको तलबबराबरको रकम बोनस बितरण गर्ने गरी कायृपत्र तयार बनाएको आयल निगमवाट जानकारी प्रप्त भएको छ ।
नाफा भएको वर्ष बोनस वितरण गर्ने कानुनी प्रावधानलाई टेकेर निगम व्यवस्थापनले कर्मचारीलाई बोनस वितरण गर्ने निर्णय गरेको हो । तर, कर्मचारीलाई बोनस खुवाउन निगमले सरकारको अनुमति लिनुपर्छ ।



केही दिनअघि भएको सञ्चालक समिति बैठकले बोनस वितरण गर्न अर्थ मन्त्रालयसँग अनुमति माग्ने निर्णय गरेको एक सञ्चालक समिति सदस्यले बताए । ‘सञ्चालक समितिका तर्फबाट कर्मचारीलाई बोनस वितरण गर्ने निर्णय भएको छ, तर यसका लागि स्वीकृति प्रदान गरिदिन अर्थ मन्त्रालयबाट अनुमति माग्ने निर्णय पनि भएको छ,’ ती सञ्चालक समिति सदस्यले भने, ‘अर्थबाट स्वीकृति आइसकेको छैन, तर अनुमति दिने प्रक्रियामा रहेको बुझिएको छ ।’

निगम सञ्चालक समितिमा अर्थ मन्त्रालयका सहसचिव पारश्वर ढुंगाना पनि छन् । उनले सहमति जनाइसकेका छन् । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नाफा भएको वर्ष बोनस वितरण गरेर कर्मचारीको मनोबल बढाउन खोजेको बताए ।

‘आयल निगमको आर्थिक अवस्था सुदृढ बन्दै गएको छ,’ उनले भने, ‘अहिले देशभर विभिन्न परियोजना पनि अघि बढाइरहेका छौँ । यी परियोजनाको कुशल कार्यान्वयन गर्न कर्मचारीको मनोबल बढाउनु जरुरी छ । त्यसैले उनीहरूले पाउने सुविधा प्रदान गर्न सञ्चालक समिति अघि बढेको हो ।’

विभिन्न संसदीय समितिहरूले भने सञ्चित नोक्सानी भएसम्म नाफा नबाँड्न निर्देशन दिएका थिए । विगतको सञ्चित नोक्सानी र ऋण तिरेर निगम अहिले नाफामा भएकाले सरकारको मात्रै स्वीकृति लिएर कर्मचारीलाई बोनस बाँड्न लागिएको हो ।

बोनस कोषमा २९ करोड, करिब ६ करोड वितरण हुने
आयल निगमले दुई आर्थिक वर्षको बोनसबापत छुट्याएको २९ करोड ९ लाख ८६ हजारबाट तोकिएको मापदण्डमा रही करिब ६ करोड कर्मचारीलाई वितरण गर्न लागेको हो । निगमको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गोपाल राईका अनुसार सहायकस्तरका कर्मचारीलाई दुई महिना १५ दिनको र अधिकृत वा सोभन्दा माथिल्लोस्तरका कर्मचारीलाई २ महिनाको तलबबराबरको रकम बोनस वितरण गर्ने निर्णय भएको छ ।

‘कर्मचारीहरूलाई बोनस वितरण गर्न सके कार्यसम्पादन झन् प्रभावकारी हुने विश्वास लिएका छौँ,’ उनले भने, ‘अर्थले यसपटक स्वीकृति दिनेमा आशावादी छौँ ।’ गत वर्ष पनि निगमले बोनस वितरण गर्न मौखिक जानकारी अर्थलाई दिएको थियो, तर अर्थले स्वीकृति दिएको थिएन ।

बोनस ऐनले खुद नाफाको १ प्रतिशत हुन आउने रकम सार्वजनिक संस्थानका कर्मचारीलाई बोनसबापत वितरण गर्न पाउने व्यवस्था गरेको छ । ऐनले अधिकतम तीन महिनाको तलबबराबरको रकम एक आर्थिक वर्षमा कर्मचारीले बोनसबापत पाउने व्यवस्थासमेत गरेको छ । जसकारण बोनसबापत विनियोजन गरेको सबै रकम कर्मचारीलाई वितरण गर्न पाइँदैन ।

निगमले बोनसबापत छुट्याएको रकमबाट कर्मचारीलाई वितरण गरी बाँकी रकमको ८० प्रतिशत सरकारी कोषमा र २० प्रतिशत निगमको कल्याणकारी कोषमा जम्मा गर्नुपर्नेछ । दुवै कोषमा २२ करोड रुपैयाँभन्दा बढी रकम निगमले जम्मा गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend